माघ ४–पर्वत/क्रसर उद्योगमा प्रहरी धरपकड बढ्दै गएपछि यहाँका व्यवसायीहरुले उद्योग बन्द गर्ने भएका छन् । उनीहरुले आफ्ना उद्योगधन्दा बन्द गरेर प्रहरी ज्यादतीविरुद्ध अदालत जाने निष्कर्षमा पुगेको वताएका छन् । शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले आफ्नो फेसबुक पेजबाट अपलोड गरेको भिडियोमा क्रसर उद्योगमा प्रहरीको हस्तक्षेप छर्लङ्गै देख्न...
पुष ८,पर्वत/भूकम्पपछि कोहि आफन्तको शरणमा बसेका छन् । कोहि गाउँनै छोडेर हिँडेका छन् । कोहि जोखिम मोलेर बसिरहेका छन् । जिल्लाको फलेवास नगरपालिका– ८ ठानामौलाको अर्चले गाउँ बस्ती माथिको पहिरो र तलवाट पनि पहिरो जाने समस्याले ग्रसित छ । भूकम्प पश्चात गाउँमा यस्तो विपत्ती निम्तिएको हो । ‘तल हेरेनी...
पुष ८,पर्वत/कुश्मा हुँदै म्याग्दीको दानासम्म निर्माणाधिन कालीगण्डकी करिडोर प्रसारण लाईनलाई रुख कटानको आदेश नहुँदा काम प्रभावित भएको छ । रुख कटान गर्न वन कार्यालयले रोक लगाएपछि आयोजना प्रभावित भएको हो । वन डिभिजन कार्यालय पर्वत र म्याग्दीले रुख कटान आदेश नदिँदा राष्टिूय प्राथमिकता प्राप्त खुर्कोट( दाना प्रसारण लाईनको काम...
पुष ८,पर्वत/जिल्लाको जलजला गाउँपालिकाले गाउँगाउँमा व्यवसायी खोज्न थालेको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार वडा–वडामा टोली खटाएर व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलन गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । गाउँपालिकाले सूचना मार्फत करको दायरामा आउन व्यवसायीहरुलाई आहन गर्दापनि दर्ताका लागि नआएपछि टोली पठाएर...
पुष ३,पर्वत/हरेक विकास निर्माण र पूर्वाधारका काम सरकारले गर्छ । सर्वसाधारण घरको शौचालय बनाउन र आँगनको खाडल पुर्न पनि सरकारकै मुख ताक्ने चलन अझै छ। त्यो संस्कार तोड्दै मोदी गाउँपालिकावासीले भने स्थानीय सरकारका लागि आफैं सहयोगमा जुटेका छन् । मोदीका करिब दुई सय परिवारले गाउँपालिकाका भवनका लागि करोडौं मूल्य बराबरको...
पुष ३,पर्वत/स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका बेला जलजला गाउँपालिकामा कार्यरत कर्मचारीहरुले समेत आन्दोलन परिचालन समिति गठन गरि आन्दोलनमा उत्रेका छन् । जलजला गाउँपालिकाका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीको संयोजकत्वमा गठन भएको आन्दोलन परिचालन समितिले ‘कर्मचारी समायोजन अध्यादेश’ले आफूहरुलाई...
मंसीर २९, पर्वत/स्थानीय तहले गरेका कतिपय निर्णयको सर्वसाधारणले विरोध गरिरहेका बेला पर्वतको फलेवास नगरपालिकाले पुन विवादास्पद निर्णय गरेको छ । नगर कार्यपालिकाले नगर क्षेत्रभित्रका माटो र ढुंगाको गारो भएका कच्ची घरको पनि नक्सापास अनिवार्य गरेको हो ।
नगरपालिकाले यसको सूचना जारी गरेपछि बहस सुरु भएको छ । गत बुधबार जारी सूचनामा...
मंसीर २८, पर्वत/प्रहरी प्रशासनले विनाकारण दुख दिन थालेपछि पर्वतमा संचालित क्रसर उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले दैनिक आधादर्जन प्रहरी क्रसर उद्योगमा खटाएर धरपकड गर्नेगरेको कालीगण्डकी क्रसर उद्योग सहश्रधाराका सह–संचालक लालबहादुर मल्लले जानाकारी दिए । ‘हरेक दिन उद्योगभित्र पसेर प्रहरीले मजदूरहरुलाई धरपकड गर्ने र...
मंसीर २७,पर्वत/ कुश्मा नगरपालिका–१ पाङबाट बागलुङ नगरपालिका –१ रामरेखा जोड्ने मुलुककै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि अर्थमन्त्रालयले सहमति दिएसागै पुल निर्माणको काम सुरु भएको हो । पाँचसय ६७ मिटर लामो र एक सय ६० मिटर अग्लो पुल निर्माणका लागि आवश्यक प्रविधि खरिदका लागि...
मंसीर २७,पर्वत/ फलेवास नगरपालिकाले डहरे देउरालीलाई खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने भएको छ । घना जंगलले ढाकिएको डहरे लेकमा खुल्ला रुपमा जगंली जनावरको अवलोकन गर्ने गरि खुल्ला चिडियाखाना बनाउने तयारी भएको हो । समुद्री सतहबाट दुई हजार दुई सय ५९ मिटरको उचाइमा रहेको डहरे देउराली क्षेत्रलाई खुल्ला चिडियाखाना बनाउने...









