क्रसर उद्योगमा प्रहरी धरपकड बढेपछि उद्योग बन्द गर्ने र अदालत जाने व्यवसायीको निष्कर्ष

माघ ४–पर्वत/क्रसर उद्योगमा प्रहरी धरपकड बढ्दै गएपछि यहाँका व्यवसायीहरुले उद्योग बन्द गर्ने भएका छन् । उनीहरुले आफ्ना उद्योगधन्दा बन्द गरेर प्रहरी ज्यादतीविरुद्ध अदालत जाने निष्कर्षमा पुगेको वताएका छन् । शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले आफ्नो फेसबुक पेजबाट अपलोड गरेको भिडियोमा क्रसर उद्योगमा  प्रहरीको हस्तक्षेप छर्लङ्गै देख्न सकिन्थ्यो ।

भिडियोमा देखाइएको थियो उनको क्रसर उद्योगमा प्रहरीले घेरिरहेको, मेशिन संचालन गर्न बन्द गरेको र हस्तक्षेप गरेको । प्रहरीले जवरजस्ती रुपमा उद्योगमा छिरेर हस्तक्षेप गरेको भन्दै उनले आपत्ति मात्र जनाएका छैनन प्रहरीको ज्यादती र संघीयताको मर्म विपरितको काम गरेको आरोप समेत गरेका छन् । आफु उद्योगमै भएका बेला प्रहरीले हस्तक्षेप गरको अध्यक्ष मल्लको आरोप छ । नियमानुसार संचालन गर्दा पनि प्रहरीले संचालनमा बाधा पु¥याएको मल्लको आरोप रहेको छ । ‘अब उद्योग बन्द गर्नुको विकल्प छैन । प्रहरी ज्यादतीविरुद्ध कानूनी उपचारका लागि अदालत जान्छौं ।’–मल्लले भने ।
उनले प्रहरीलाई यस्ता ज्यादती बन्द गरी अपराध अनुसन्धान, दुर्घटना न्यूनिकरण र अन्य काममा लाग्न आग्रह गरेका छन् । उनले प्रहरीले पटक पटक विभिन्न प्रलोभनमा आफुलाई दुःख दिएको आरोप समेत लगाएका छन् । यता प्रहरीले भने नियम विपरित नदि उत्खनन् गरेर उद्योग चलाएकोको भन्दै अनुगमन गर्न गएको बताएको छ ।

अध्यक्ष मल्लले यदि अवैध नै हो भने उद्योगहरु राज्यले बन्द गरिदिनुप¥यो, होईन भने संचालन गर्न दिनुप¥यो मल्लले भने । उनले सँधै दुःख दिने प्रहरीको नियतले करोडौ रुपैयाँ घाटामा गएको पनि बताउनुभएको छ ।