डहरे देउरालीलाई खुल्ला चिडियाखानाको रुपमा विकास गरिने

मंसीर २७,पर्वत/ फलेवास नगरपालिकाले डहरे देउरालीलाई खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने भएको छ । घना जंगलले ढाकिएको डहरे लेकमा खुल्ला रुपमा जगंली जनावरको अवलोकन गर्ने गरि खुल्ला चिडियाखाना बनाउने तयारी भएको हो । समुद्री सतहबाट दुई हजार दुई सय ५९ मिटरको उचाइमा रहेको डहरे देउराली क्षेत्रलाई खुल्ला चिडियाखाना बनाउने कार्यक्रमका लागि चालु आर्थिक वर्षमा वजेटको व्यवस्था गरिएको छ ।

पहाडको टुप्पामा भ्यू टावर बनाएर दुरविनबाट बन्यजन्तुहरुको अवलोकनसंगै प्राकृतिक छटाको सहज अवलोकन गर्ने व्यवस्था गर्न थालिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । पर्यटकका लागि खुमगाउाका ५० घरमा होमस्टे सञ्चालन गरिएको छ । मगर समूदायको वहुल्यता रहेको खुमगाउामा आन्तरिक पर्यटकहरुको लर्को लाग्ने गरेको छ । यहा पुग्न नेपालकै पहिलो होमस्टे गाउा सिरुवारीबाट दुई घण्टा र पर्वतको कार्कीनेटाबाट १ घण्टा पदयात्रा गर्दै यहाा पुग्न सकिन्छ । यहा नपुग्दै बाघको पाइला भन्ने स्थानले पनि पर्यटकहरु लोभिने गरेका छन् । बाघको पाइला जस्तै ढुंगामा भएको आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ ।

डहरे लेकमा कालो भालु, पाटे बाघ, मृग, व्वासो, कस्तुरी लगायतका जंगली जनावर देख्न सकिन्छ । त्यस्तै कालिज, लामपुच्छ्रे, लुईाचे, चित्रा लगायतका चराचुरुागी पनि पाईन्छन् । गुराासले ढाकिएको यो क्षेत्रमा पुग्ने पर्यटकहरु रमाउने गरेका छन् । वन्यजन्तु संरक्षण, वन क्षेत्र संरक्षण, प्याराग्लाइडिङ्ग उडान, डहरेमा अवस्थित मन्दिरको प्रबद्र्धन लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको छ । फलेवास नगरपालिकाले यसै क्षेत्रलाई समेटेर मनमोहन शान्ति बाटीका निर्माण गरिरहेको छ । डहरे क्षेत्रबाट नै प्याराग्लाइडिङ्ग उडान गर्ने गरी सम्भाव्यता अध्ययन समेत गरेको छ ।