Sunday, May 3, 2026

आर्थिक

पर्वत/नेपाली काँग्रेस खेलकुद विभागको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाको संयोजनमा मोदी गाउँपालिकाको पातिचौरमा विहिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन पछि बोल्दै कांग्रेस नेता जोशीले रक्तदान जीवन दान भएको...
पर्वत/जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा अबैध रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगले जलजला गाउँपालिकाको निर्णयलाई समेत अवज्ञा गरेको छ । उक्त उद्योग अवैध रुपमा सञ्चालन भएको भन्दै गाउँपालिकाले सुचना टाँस गरी असोज ४ मा बन्द गराएको घोषणा गरेको थियो । तर उक्त उद्योग अहिले पनि नियमित सञ्चालनमा छ ।...
पर्वत/कोभिड-१९ को महामारीबाट नेपालको संचार क्षेत्रमा निकै भयावह अवस्था सिर्जना भएको पर्वतका संचारकर्मीहरूले गुनासो गरेका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा बुधबार कुश्मामा आयोजित 'पत्रकार आचारसंहिता र मिडियामा कोभिडको प्रभावसम्बन्धी' कार्यक्रममा स्थानीय संचारकर्मी र मिडिया संचालकहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्माले कोभिड-१९ को...
पर्वत/देशमा दुईतिहाइको सरकार नागरिकको स्वास्थ्य समस्यालाई नजरअन्दाज गरेको बेला कोभिड-१९को महामारीबाट नागरिकलाई सुरक्षित राख्न 'एक घर एक पिसिआर' अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले अब सबै नागरिकको स्वास्थ्य समस्या र त्यसको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक वडामा एम्बुलेन्स सेवा सञ्चालन गर्ने अभियान सुभारम्भ गरेको छ । गाउँपालिकाको एउटा मात्रै...
पर्वत/कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातिदेखि लकडाउन जारी रहेको छ । त्यसैगरी जलजला गाउँपालिकामा...
पर्वत/जिल्लाको सदरमुकाम कुश्मा बजारमा कोरोना संक्रमण बढ्दो दरमा देखिएसंगै कुश्मा बजार एक हप्ताका लागि बन्द हुने भएको छ । जिल्ला स्थित सिसिएमसि र सरोकारवालाहरुको वीच भएको वैठकले कुश्मा बजारका वडा न ४, ५, ६ र ७ लाई बन्द गर्नेनिर्णय भएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार...
पर्वत/जलजला गाउँपालिकाका सबै जनप्रतिनिधिले आफूले पाएको दशैँभत्ता कोरोना उपचारका लागि फिर्ता गरेका छन् । जलजला गाउँपालिकाको विहिवार सम्पन्न बैठकले पालिकाभित्रका ४९ जना जनप्रतिनिधिको झण्डै आठलाख रूपैयाँ कोरोना उपचारमा खर्च गर्नेगरि फिर्ता गरिएको र उक्त रकम आजै कोरोनाकोषमा जम्मा गरिएको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । ...
पर्वत/जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जलजला गाउँपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्न थालेको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गर्नुभएको छ । अध्यक्ष मल्लले कोरोनालाई...
काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं पूर्व मन्त्री बालकृष्ण खाणले संसद सचिवालयले उपलब्ध गराएको दशैँ भत्ता वापतको रकम फर्ता गरेका छन् । खाणले आइतबार संसद सचिवालयलाई पत्र पठाएर दशैँ वापत दिइएको भत्ता जनहितमा लगाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । हालको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र...
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ ।अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएपछि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरेको हो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बिज्ञप्ती प्रकाशित गर्दै कन्ट्रयाक्ट ट्रेङको रिजल्ट नआएसम्मका लागि बन्द गरिएको जानकारी दिनुभएको...