राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत

पर्वत/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । शनिवार कुश्मामा सम्पन्न २१ औँ साधारण सभा तथा सातौ जिल्ला अधिवेशनवाट सुवेदीको अध्यक्षतामा २२ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको हो ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा सुदिप क्षेत्री, द्धितिय उपाध्यक्षमा मन्जु विक, महिला उपाध्यक्षमा सावित्रि शर्मा सानु, सचिबमा बसन्त बास्तोला, कोषाध्यक्षमा देवी परियार, सहकोषाध्यक्षमा शोभा रिमाल रहनुभएको छ । यसैगरी सदस्यहरुमा कृष्ण कँडेल, सचिना कुमारी शर्मा, शिव पौडेल, शोभा परियार, प्रकाश पौडेल, शिव पुरी, अप्सन विश्वकर्मा, सफल परियार, गणेश पौडेल, सागर नेपाली, समिर रामदाम, निलम सुनार, सलिना गुरुङ र आश्मिक परियार रहनुभएको छ ।

यस अघि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले लोक संगितको विकासका लागि सवै कलाकारहरु एकजुट हुनुपर्ने बताउनुभयो ।