पर्वत/सदरमुकाम कुश्माबजारमा रहेको प्रसिद्ध कार्यक्रम स्थल बान्द्रेबिडी चौरमा मञ्च मर्मत, सरसफाई र सौन्दर्यकरण गर्नका लागि समिति गठन गरिएको छ बुधवार वडाका जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले अभिलाष गिरीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सचिबमा सन्तोष गुरुङ, कोषाध्यक्षमा उषा भारती गिरी तथा सदस्यहरुमा हिमाल श्रेष्ठ, कमला प्रधान, पदम प्रसाद जैसी र बलबादुर गुरुङ रहनुभएको छ । समितिले बान्द्रेबिडिको विकासका लागि आवश्यक श्रोत व्यवस्थापन गरेर तत्काल काम प्रारम्भ गर्ने अध्यक्ष अभिलाष गिरीले जानकारी दिनुभयो । सो अवसरमा कुश्मा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष इश्वर गिरी, नेपाली काँग्रेुसका उपसभापति लगायत जनप्रतिनिधि, युवा लगायत सहभागिहरुले बान्द्रेबिडी चौरको विकसाका लागि एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
बान्द्रबिडी सार्वजनिक कार्यक्रम गर्नका लागि सवैभन्दा उत्कृष्ट स्थानको रुपमा परिचित छ । यहाँ विभिन्न सभा समारोह, महोत्सव, राजनीतिक दलका आमसभा लगायत विभिन्न पर्वहरुमा कार्यक्रमहरु गरिँदै आएको छ । पछिल्ला केहि वर्ष यता विभिन्न सामाग्रीहरु राखेर अव्यबस्थित भएपछि यसको विकासका लागि युवाहरुल सक्रियता देखाउँदै आएका छन् ।






