पर्वत/नेकपा (एमाले) कुश्मा नगर कमिटिले आगामी कार्तिक २५ गते कुश्मामा मोटरसाइकल ¥याली गर्ने भएको छ । कुश्मा नगर कमिटिको बुधवार सम्पन्न बैठकले यस्ता निर्णय गरेको हो ।
नगर कमिटिका अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको सचिव जीतबहादुर विकले जानकारी दिनुभयो । एमालेले देशभरै पछिल्लो राजनैतिक घटनाक्रम पछि जागरण सभा, जनप्रदर्शनहरु गरिरहेको छ ।
आगामी कार्तिक २८ गते जिल्ला स्तरीय जनप्रदर्शन गर्न लागेको एमालेले सवै पालिका तथा वडाहरुमा समेत प्रदर्शन गर्ने गरी तयारी गरीरहेको छ । सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरे पनि एमालेले भने निर्वाचनको वातावरण अझै नबनेको भन्दै दवाबमुलक जनप्रर्दशनहरु गरीरहेको छ ।






