आयोडिनयुक्त नून खान डाक्टर वास्तोलाको सुझाव

पर्वत/जिल्ला अस्पताल पर्वतका प्रमुख डा. हेमन्त बास्तोलाले नुनको सेवन कम गर्न सुझाब दिएका छन् । अंग्रेजी महिना फेव्रबरीलाई आयाडिन महिनाको रुपमा मनाउनका लागि आयोजीत अन्तरक्रिया कार्यक्रममा डाक्टर बास्तोलाले यस्तो सुझाब दिएका हुन् । उनले चिनीको सेवन गर्दै नगरे पनि अन्य खाद्यन्नबाट काब्रोहाइडेट प्राप्त हुने भन्दै नुनको सेवन भने अनिवार्य रुपमा गर्नुपर्ने तर कम मात्रमा प्रयोग गर्नुपर्ने बास्तोलाले सुझाब दिएका हुन ।

आयोडीन युक्त नुन सेवन गर्दाका फाइदाहरुको विषयमा जानकारी गराउदै डाक्टर बास्तोलाले नुनलाई घरमा चुलो वरिपरि तातो ठाउँमा नराख्ने, बिर्को राम्ररी बन्द गर्ने बट्टामा राखी नुन झिकेपछि तुरुन्तै बन्द गर्नुपर्ने र ओसिएको आयोडिनयुक्त नुन उपभोग नगर्न सुझाव दिएका छन । सकेसम्म खाना खाने बेलामा मात्र नुन छर्केर खानु उपयोगी हुने उनको भनाइ छ ।

दिनहुँ खानैपर्ने तर एकदमै थोरै मात्रामा अर्थात् कम्तीमा १ सय ५० माइक्रोग्राम एउटा सियोको टुप्पो जतिमात्र आयोडिनको सेवन गरेमा आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्या आउन सक्दैन भने गर्भवती, आमा तथा शिशुको चौतर्फी विकासका लागि मनग्ये पुग्ने डांक्टर बास्तोलाको भनाइ छ ।

गर्भावस्थामा आयोडिनको कमी भएमा भ्रुणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुनसक्ने, कम तौल २५ सय ग्रामभन्दा कम भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक विकास अत्यन्त कम हुने हुन्छ । गर्भवती महिलाले आफु र गर्भमा रहेको वच्चा दुवैको लागि चाहिने पोषण पु¥याउन दैनिक रुपमा आयोडिन नुन नै खानुपर्छ ।

आयोडिनको कमी भएकमा शक्तिको कमी सुस्त मनिस्थीती , शारिरिक विकास नहुने ,पढाईमा समस्या हुने ,गर्भ तुहुने र मरेको वच्चा जन्मने समेत हुन सक्छ । आयोडिन एक सूक्ष्मोतत्व रहेको र यसले मानिसको शरिरमा महत्वपुर्ण अंग मुटु ,मृगौला कलेजो र मांसपेशिको विकासका लागि सहयोग पुग्ने भएको हुदा मानसिक फुर्ती र शारिरिक शक्तिका लागि आयोडिनयूक्त नुन नै खान स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले फेब्रुुअरी महिनालाई आयोडिन महिनाको रुपमा सफल पार्न जिल्लामा रहेका संचार माध्यमहरुले भूमिका खेल्ने बताए । स्वास्थ्य कार्यालय पर्वतको आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन तथा स्वागत स्वास्थ्य कार्यालय पर्वतका फोकल पर्सन तेज प्रसाद सुवेदीले गरेका थिए ।