पर्वत जिल्लामा बलत्कारका घटना बढे

असोज १७, पर्वत/ जिल्लामा बलत्कारका घटना बढेका छन् । चालु वर्षको दुई महिनामै ७ वटा वलात्कारका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चालु वर्षको दुई महिनामा ५ जना महिलालाई बलात्कृत भएको छ भने २ जना माथी वलत्कारको प्रयास भएको छ ।
देशका विभिन्न ठाउँमा बलत्कारका घटना सार्वजनिक भैरहँदा पर्वतमा पनि बलत्कारका घटना बढ्नुलाई महिलाहरु समाजमा सुरक्षित छैनन भन्ने प्रमाणित गरेको छ । पर्वतमा भएका वलत्कारका घटनामा छिमेकी संलग्न भएको प्रहरीको अनुसन्धानले देखाएको छ । त्यस्तै विद्यालयका पढाउने शिक्षकहरुले समेत छात्रामाथी वलत्कार गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले आर्थिक बर्ष २०७४/०७५ मा ३ जना महिलामाथी जवरजस्ती करणी भएको र २ जनालाई बलत्कारको प्रयास भएको जानकारी दिएको छ । आर्थिक वर्ष २०७३/०७४ मा ४ जना महिला वलत्कारमा परे भने १ जनालाई वलत्कारको प्रयास भयो । २०७२/०७३ मा २ जना वलात्कृत भए भने २ जनालाई वलत्कारको प्रयास भयो ।