असोज १७, पर्वत/बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमाका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन । पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घाकी १७ बर्षिया अविवाहीत वालिकाका प्रेमी मनबहादुर मल्ल पर्वत जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन ।
पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाले सोमबार युवती नावालिका भएका कारण बाल सुधार गृह सानो ठिमी भक्तपुरमा राखेर अनुसन्धान गर्न आदेश दिनुभएको छ । भने उनका प्रेमी भनिएका मनबहादुर मल्ललाई पर्वत जिल्ला कारागारमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिनुभएको छ । ती युवतीले गएको भदौ १८ गते सोमबार राती आफ्नै घरमा शिशुलाई जन्माएर घर नजिकै रहेको पानीको नहरमा फालेकी थिइन । बच्चा जन्माएर हत्या गरि फालेको दुई दिन पछि प्रहरीले ती युवतीलाई पक्राउ गरेको थियो ।
उनले प्रेमी मनबहादुरले बच्चा जे सुकै गर भनेपछि बाध्य भएर मारेर फालेको बयान प्रहरीमा दिएकी थिइन । गर्भ मनबहादुरको हो वा होइन भन्ने कुरा पनि डिएनए परिक्षण पछि मात्रै खुल्ने जनाइएको छ ।






