डिएसपी भुसालले पत्रकारसँग भने-‘नागरिकको शान्ति सुरक्षा र अमनचयनमा कसैसँग सम्झौता गर्दिन’

15

पर्वत/पर्वतका नयाँ प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा कोही कसैसँग सम्झौता नगर्ने प्रतिवद्धता गर्नुभएको छ । प्रनाउ भुसालले सोमवार पर्वतका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यस्तो प्रतिबद्धता गर्नुभएको हो । जिल्लामा पहिलो पटक आएसँगै आफ्नो कार्ययोजनाका बारेमा पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको हो । कार्यक्रममा बोल्दै भुसालले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सबैसँग सहकार्य गरेर अगाडी बढ्ने जानकारी दिनुभयो ।

शान्ति सुरक्षा कायम गराउनु मेरो प्रमुख दायित्व हो उहाँले भन्नुभयो त्यसका लागि सबैसँग सहकार्य गरेर अगाडी बढ्छु । कार्यक्रममा पत्रकारहरुले जिल्लाका समस्याहरुका बारेमा जानकारी गराउनुका साथै कालीगण्डकी नदी दोहन रोक्न प्रहरी सक्रियता आवश्यक रहेको बताए । प्रहरी सक्रियताले मात्रै दोहन रोकिने भएकाले प्रहरी सक्रिय हुन सुझाव दिएका थिए । यसका साथै लागु औषधको ओसारपसार, टाफिक व्यवस्थापन, चोरीका घटनाका बारेमा समेत शुक्ष्म ढंगले अनुसन्धान गर्न सुझाव दिएका थिए ।