कालिका मावि खुर्कोटका २१ जना विद्यार्थीले पाए एकलाख ७५ हजारको शैक्षिक सामग्री

17

पर्वत/कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा रहेको कालिका माध्यामिक विद्यालयमा १ लाख ७४ हजार ९ सय १० रुपैयाको शैक्षिक सामाग्री हस्तान्त्रण भएको छ । उक्त रकम हिमालय फ्रेण्ड ई भि जर्मन भन्ने अन्तराष्ट्रिय गैरसरकारी संस्थाले हस्तान्तरण गरेको हो । हिमालय फ्रेण्ड ई भि जर्मनका नेपाल प्रतिनिधि प्रसान्त रेग्मीले सहयोग हस्तान्तरण गर्दै आगामी दिनमा उक्त विद्यालयका लागी थप सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । २१ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागी झोला,शैक्षिक सामाग्री,टिसर्ट,ट्रयाक सुट,जुत्ता,ड्रेस लगायतका सामग्री गरेर प्रति व्यक्ति ५ हजार वरावरको सहयोग गरेको छ । त्यस्तै विद्यालयका लागी १ देखी १० कक्षा सम्म ३० लिटरका १० वटा फिल्टर,खेलकुदका सामाग्री लगायतका सामान रहेका छन् ।

विगत ६ महिनाको निरन्तर प्रयास पश्चात नेपाल प्रतिनिधि प्रसान्त रेग्मी साविक खुर्कोट ४ निवासी पनि भएकाले उक्त हिमालय फ्रेण्ड ई भि जर्मन संस्था संग समन्वय गराई सहयोग भित्राउन सफल भएको हो । विद्यालयका प्रधानध्यापक वावुराम शर्मा,सहायक प्रधानध्यापक देवराज शर्माको निरन्तर फलोअपका कारणले पनि सहयोग भित्राउन सफल भएको रेग्मीले जानकारी गराउनु भयो ।

कार्यक्रममा कुश्मा नगरपालिका शिक्षा शाखा अधिकृत दिपक सुवेदी,कुश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लालकृष्ण वास्तोला,कालिका मा वि धनाधान्यचल कोष व्यवस्थापन समितिका अध्यक्ष गणेश वहादुर क्षेत्री,पूर्व शिक्षक महेश्रवर शर्मा लगायतले विद्यालयमा सहयोग गरेकोमा हिमालय फ्रेण्ड ई भि जर्मनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कुश्मा नगरपालिका वा नं २ का वडा अध्यक्ष लालकृष्ण वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानध्यापक देवराज शर्माले र स्वागत प्रधानध्यापक वावुराम शर्माले गरेका थिए । कार्यक्रममा सामान खरिद देखि भएको आम्दानी खर्चको आर्थिक प्रतिवेदन विद्यालयका लेखापाल सन्तोष शर्माले गरेका थिए । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्षहरु,अभिभावक विद्यार्थी शुभचिन्तक सवैको उपस्थिति रहेको थियो ।