पर्वत/जलजला गाउँपालिकाले लक्षित बर्ग कार्यक्रमअन्तर्गत ७ जनालाई सुधारिएको आरनका सामग्री वितरण गरेको छ । गाउँपालिकाको उपाध्यक्ष दिपक आचर्य आकाशले आर्थिक बर्ष २०७९/८० को लक्षित वर्ग बजेट मार्फत आर्थिक समृद्धि गने उद्देश्यले सुधारिएको आरनका समाग्री वितरण गर्नुभएको थियो । आरान समग्री वितरण गरेपछि आत्मनिर्भरतामा समेत सहयोग पुग्ने विश्वास लिइएको उपाध्यक्ष आचर्यले बताउनुभयो ।
उपाध्यक्षले आरनमा आवश्यक सामग्री क्रमशः ठूलो घन, सानो घन, इलेक्ट्रोनिक हावा तान्ने फाल्ने मेसिन, ग्यालेन्डर वितरण गर्नुभएको हो । यस कार्यक्रमअन्तर्गत आरनमा काम गर्ने व्यक्तिलाई व्यवस्थित र स्थापित गर्न सामग्री वितरण गरिएको उहाले बताउनुभयो ।
महिला तथा बालबालिका शाखा प्रमुख बिन्दु शर्माले परम्परागत रुपमा गर्दै आएको पेशाको निरन्तरता र संरक्षण गर्ने उद्देश्यले सामाग्री वितरण गरिएको बताउनुभयो ।