असोज, १३ पर्वत/कुश्मा नगरपालिका ७ मा तरकारी र फलफुल नर्सरी स्थापना भएको छ । कुश्मा नगरपालिकाले कृषकहरुलाई सहुलियत रुपमा तरकारी र फलफुलका विरुवा उपलब्ध गराउन नर्सरी स्थापना गरेको हो । हाल एउटा हाईटेक टनेलभित्र तरकारीका विरुवा उत्पादन भैरहेको नर्सरी २ रोपनी क्षेत्रमा फैलिएको छ । भाडामा जग्गा लिएर नर्सरी स्थापना भएको हो । नगरपालिकाले चालु वर्ष ३ लाख रुपैयाँ समेत विनियोजन गरेको छ ।
कृषकहरुलाई सहुलियत मुल्यमा तरकारीका विरुवा यस नर्सरीबाट उपलब्ध गराईने जनाइएको छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले तरकारी नर्सरीको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा नगरप्रमुख जोशीले उद्घाटन गर्दै व्यवसायिक तरकारी उत्पादनमा जोड दिनुभयो । व्यवसायिक तरकारी उत्पादनले कृषकहरु धनी बन्ने भएकाले उहाँले व्यवसाय तर्फ उन्मुख हुन आग्रह गर्नुभयो । अव कुश्मा नगरपालिकाका वडापिच्छे यस्ता नर्सरी स्थापना गरि उन्नत जातका विरुवा कृषकहरुलाई वितरण गर्ने योजना रहेको नगरप्रमुख जोशीले बताउनुभयो । कुश्मा नगरपालिकाको भौगोलिक विविधता अनुसार कहिँ किवीखेती, कहिँ तरकारी खेती, कहिँ पशुपालन, कहिँ वाख्रापालन जस्ता व्यवसाय सञ्चालन गरि उन्नत कृषि तर्फ नगरवासीहरुलाई सहभागी गराउने सोच रहेको नगरप्रमुख जोशीले बताउनुभयो । नगर उपप्रमुख सीता काफ्ले लामिछानेले पनि व्यवसायिक कृषिबाटै देश समृद्ध बन्ने र नागरिक धनी बन्ने बताउनुभयो । बाटो खन्नुलाई मात्रै विकास भएको ठान्नु गलत भएको वताउँदै नगर उपप्रमुख लामिछानेले कृषिमा क्रान्ती नल्याएसम्म विकासले गति नलिने ठोकुवा गर्नुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले आफ्नो जमिन बाँझो राखेर वेसाहा अनाजले गुजारा चलाउनेहरुले लाज मान्नुपर्ने बेला आएको बताउनुभयो । जमिन वाँझो राखेर बजारमा विषादी हालेको तरकारी खाने प्रवृतिले हामी दुर्गती तर्फ लाग्ने रेग्मीले जिकिर गर्नुभयो । कुश्मा ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले नगरपालिकाको संभावना हेरेर विउ उत्पादन गरिने र कृषकहरुका माग अनुसारका वीउ उत्पादन गरेर वितरण गरिने जानकारी दिनुभयो । नगरपालिकाभित्रका कृषकहरुबाट प्रत्येक महिनाको २५ गतेभित्रमा विरुवाको माग संकलन गर्ने र माग अनुसार सम्बन्धित कृषकहरुलाई विरुवा वितरण गरिने पौडेलले बताउनुभयो ।
उक्त नर्सरीमा उन्नत जातको काउली, टमाटर, बन्दागोवी, व्रो काउली, खुर्सानी, रायो, सिमी, वोडीका विरुवा सहित डालेघाँस, कागती, सुन्तला, निवुवा, कफिका विरुवा समेत जमाउने तयारी छ । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुवासकुमार लामिछाने, नगर कृषि शाखा प्रमुख सोनी राना लगायतले बोल्नुभएको थियो । आर्थिक विकास संयोजक एवं कुश्मा १२ ठुलीपोखरीका वडाध्यक्ष राजेन्द्रप्रसाद पौडेलको सभापतित्वमा उद्घाटन कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागी भएका पाहुना र स्थानीय कृषकहरुलाई निशुल्क रुपमा उपहारको रुपमा विरुवा वितरण गरिएको थियो । असोज, १३ पर्वत/कुश्मा नगरपालिका ७ मा तरकारी र फलफुल नर्सरी स्थापना भएको छ । कुश्मा नगरपालिकाले कृषकहरुलाई सहुलियत रुपमा तरकारी र फलफुलका विरुवा उपलब्ध गराउन नर्सरी स्थापना गरेको हो । हाल एउटा हाईटेक टनेलभित्र तरकारीका विरुवा उत्पादन भैरहेको नर्सरी २ रोपनी क्षेत्रमा फैलिएको छ । भाडामा जग्गा लिएर नर्सरी स्थापना भएको हो । नगरपालिकाले चालु वर्ष ३ लाख रुपैयाँ समेत विनियोजन गरेको छ ।
कृषकहरुलाई सहुलियत मुल्यमा तरकारीका विरुवा यस नर्सरीबाट उपलब्ध गराईने जनाइएको छ । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले तरकारी नर्सरीको उद्घाटन गर्नुभएको छ । आज विहान आयोजित कार्यक्रममा नगरप्रमुख जोशीले उद्घाटन गर्दै व्यवसायिक तरकारी उत्पादनमा जोड दिनुभयो । व्यवसायिक तरकारी उत्पादनले कृषकहरु धनी बन्ने भएकाले उहाँले व्यवसाय तर्फ उन्मुख हुन आग्रह गर्नुभयो । अव कुश्मा नगरपालिकाका वडापिच्छे यस्ता नर्सरी स्थापना गरि उन्नत जातका विरुवा कृषकहरुलाई वितरण गर्ने योजना रहेको नगरप्रमुख जोशीले बताउनुभयो । कुश्मा नगरपालिकाको भौगोलिक विविधता अनुसार कहिँ किवीखेती, कहिँ तरकारी खेती, कहिँ पशुपालन, कहिँ वाख्रापालन जस्ता व्यवसाय सञ्चालन गरि उन्नत कृषि तर्फ नगरवासीहरुलाई सहभागी गराउने सोच रहेको नगरप्रमुख जोशीले बताउनुभयो । नगर उपप्रमुख सीता काफ्ले लामिछानेले पनि व्यवसायिक कृषिबाटै देश समृद्ध बन्ने र नागरिक धनी बन्ने बताउनुभयो । बाटो खन्नुलाई मात्रै विकास भएको ठान्नु गलत भएको वताउँदै नगर उपप्रमुख लामिछानेले कृषिमा क्रान्ती नल्याएसम्म विकासले गति नलिने ठोकुवा गर्नुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले आफ्नो जमिन बाँझो राखेर वेसाहा अनाजले गुजारा चलाउनेहरुले लाज मान्नुपर्ने बेला आएको बताउनुभयो । जमिन वाँझो राखेर बजारमा विषादी हालेको तरकारी खाने प्रवृतिले हामी दुर्गती तर्फ लाग्ने रेग्मीले जिकिर गर्नुभयो । कुश्मा ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले नगरपालिकाको संभावना हेरेर विउ उत्पादन गरिने र कृषकहरुका माग अनुसारका वीउ उत्पादन गरेर वितरण गरिने जानकारी दिनुभयो । नगरपालिकाभित्रका कृषकहरुबाट प्रत्येक महिनाको २५ गतेभित्रमा विरुवाको माग संकलन गर्ने र माग अनुसार सम्बन्धित कृषकहरुलाई विरुवा वितरण गरिने पौडेलले बताउनुभयो ।
उक्त नर्सरीमा उन्नत जातको काउली, टमाटर, बन्दागोवी, व्रो काउली, खुर्सानी, रायो, सिमी, वोडीका विरुवा सहित डालेघाँस, कागती, सुन्तला, निवुवा, कफिका विरुवा समेत जमाउने तयारी छ । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुवासकुमार लामिछाने, नगर कृषि शाखा प्रमुख सोनी राना लगायतले बोल्नुभएको थियो । आर्थिक विकास संयोजक एवं कुश्मा १२ ठुलीपोखरीका वडाध्यक्ष राजेन्द्रप्रसाद पौडेलको सभापतित्वमा उद्घाटन कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागी भएका पाहुना र स्थानीय कृषकहरुलाई निशुल्क रुपमा उपहारको रुपमा विरुवा वितरण गरिएको थियो ।





