असोज ९, पर्वत/चाडवाड नजिकिए पछि पर्वतमा वजार अनुगमन तिव्र बनेको छ । दैनिक जसो वजार अनुगमन गर्ने प्रसासन कार्यालयको तयारी छ । यसैक्रममा सोमबार जलजला गाउँपालिकामा बजार अनुगमन भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले सोमबार पर्वत वेनीमा गरेको छड्के बजार अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामाग्री पसलहरुवाट बरामद गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा पौडेलको नेतृत्वमा उपभोक्ता मञ्च नेपाल,घरेलु तथा साना उद्योग कार्यालय पर्वत,जलजला गाउँपालिका पर्वत,उद्योग वाणिज्य संघ पर्वतवेनी र पर्वतवेनी प्रहरी विटका प्रतिनिधी सहितको टोलीले अनुगमनका क्रममा पसलहरुमा अखाद्य सामानहरु विक्रि गर्न राखेको अवस्थाका भेटेको हो ।
पर्वतवेनीमा सञ्चालनमा रहेका शाही किराना स्टोर्स,नमस्ते किराना पसल,सम्झना टेड्रस,कुशल किराना स्टोर्स,शुभलक्ष्मी स्टोर्स,जे.के टेड्रङ,अमृता खत्रीको पसल र शिवम जनरल स्टोर्स लगायतका पसलहरुमा म्याद नाघेका,मुल्यसुची नभएका,पसलको नाम नभएका,दर्ता नभएका,लाईसेन्स् नविकरण नगरेका पाइएको थियो । बरामद भएका सामानहरु जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ ।






