अन्तरपार्टी महिला संजालद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

असोज ९, पर्वत/अन्तरपार्टी महिला संजाल पर्वतले महिला वालवालीका माथि हुने हत्या,बलात्कार तथा अन्य हिंसात्मक घटनाहरु झन्झन् बढिरहेको भन्दै यस्ता क्रियाकलापहरु तुरुन्त रोकन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापनपत्र वुझाएको छ ।

अन्तरपार्टी महिला संजाल पर्वतका अध्यक्ष मनरुपा सुवेदी र सचिव कलावती पुरीद्धारा संयुत्त रुपमा हस्ताक्षरीत उक्त ज्ञापन पत्रमा महिला माथि भइरहेका असुरक्षाको खेद्प्रकट गरिएको छ । देशैभरी बालिका ,किशोरी,महिला बलातकारको शिकार भईरहदाँ राज्य चुप लागेर वसेको भन्दै आपत्ति जनाइएको छ । यस्तै महिला हिसां विरुद्ध थुप्रै कानुनुहरु हुदाँ समेत महिलाले त्यस्को प्रत्याभुत गर्न नसकेकोमा अन्तरपार्टी महिला संजाल पर्वतले दुख व्यक्त समेत गरेको छ । घटानामा संलग्न दोषीहरुलाई कुनै वाहानामा उन्मुक्ति नदिन समेत जोडदार माग गरिएको छ ।