पर्वतको विकास र समृद्धिको नेतृत्व आफूहरूले गर्ने गठबन्धनका उम्मेदवार जोशी र कुँवरको प्रतिबद्धता

पर्वत/आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा स्थानिय तहको निर्वाचनको लागि पर्वतमा वाम लोकतान्त्रिक गठवन्धनले आफ्नो चुनावी अभियानलाई तिव्र वनाएको छ । अभियानमा निस्केको गठवन्धनको टोलीले जिल्लाका विभिन्न ठाउँहरुमा मतदाता भेटघाट घरदैलो तथा कोण सभा गरेको छ ।

बुधवार मोदी गाउँपालिकाका विभिन्न वडाहरुमा कार्यक्रम गरिएको छ । मोदी गाउँपालिका ४ लेस्पार र मोदी गाउँपालिका ५ बाजङमा प्रतिनिधि सभा सदस्य उम्मेदवार अर्जुन प्रसाद जोशी र प्रदेश सभा ‘क’ का उम्मेदवार सुदिप कुवँर सहित पाँच दलिय गठबन्धनका उम्मेदवारले घरदैलो गरेका छन् । मतदाताहरु समक्ष आफ्ना प्रतिबद्धता बोकेर पुुगेका उम्मेदवारहरुले निर्वाचन जितेर गएपछि पाँच वर्षको अवधिमा जिल्लाको मुहार फेर्ने प्रतिबद्धता जनाउनुुभएको छ । प्रतिनिधीसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वतको समग्र विकास र समृद्धिका लागि गठबन्धन बनेको दावी गर्दै पर्वतको समग्र विकास र समृद्धिको नेतृत्व पनि आफूहरुले नै गर्ने वताउनु भएको छ । जोशीले विकासका लागि साझा धारणा बोकेर मतदाता सामू पुुगेको भन्दै आफ्ना एजेण्डाहरु जनताप्रति लक्षित रहेको बताउनुुभयो । विकासमा पछाडी परेका गाउँमा विकासको लहर ल्याउन र जनताको जिविका सहज बनाउन तल्लिन हुने नेता जोशीले प्रतिबद्धता जनाउनुभयो । मोदी गाउँपालिकाको विकास र समृद्धिका लागि गठवन्धनका उम्मेदवार हरुलाई मतदान गर्न आग्रह गर्दै जोशीले मोदीको उर्जा ,खानेपानी, कृषि पशुुपालन ,पर्यटन र जडिवुटीको माध्ययमवाट समृद्धि हाँसिल गर्न सकिने भन्दै मोदीवासीको उज्यालो भविष्य निर्माण गर्नका लागि निधक्क भएर वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार हरु लाई मतदान गर्न आग्रह गर्नुभयो ।

प्रदेश सभा ‘क’ का उम्मेदवार सुदिप कुवँरले अहिलेको निर्वाचन लोकतन्त्र लाई नजरवन्दमा राखेर आफ्नो स्वार्थ पुरा गर्र्न खोज्ने प्रतिगमनकारी अतिवादी सर्वसत्तावाद लाद्दन खोज्ने तानाशाह प्रवृतीको अन्त्य गर्न र विभिन्न संघर्ष र जनआन्दोलन वाट प्राप्त उपलव्धि संगै संविधान र लोकतन्त्रको रक्षा गर्नेहरुका विचमा हुन लागेको डलाइँ भएको बताउनुभएको थियो । राष्ट्रिय स्वाधिनता, देश, संविधान र लोकतन्त्रका रक्षाका लागि परिवर्तनकारी शक्तिहरु गठवन्धनमा आवद्ध भएर चुनावमा होमिएको कुवँरले बताउनुुभयो ।मोदीवासीहरुको हर दुखसुखमा आँफुु सदैव नजिक रहेको अवगत गराउँदै मोदीवासी कोहीपनि स्वास्थ्य सेवा लिनवाट वञ्चित हुन नपर्ने भन्दै युवा नेता कुुवँरले हरेक नागरिक लाई निशुल्क स्वास्थ सेवा प्रदान गर्नका लागि मोदी गाउँपालिकामै २५ शैयाको अस्पताल निर्माण गर्न पहल गर्ने वताउनुुभयो ।

मोदीका स्थानिय ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको संरक्षण प्रवद्र्धनमा जोड दिने ,प्रत्येक सामुुदायिक विधालयमा शैक्षिक गुुणस्तर वृद्धि गर्नका र प्रविधियुक्त शैक्षिक वातावरण सिर्जना गर्नका लागि भौतिक पुर्वाधार निर्माणमा आवश्यक रकम उपलव्ध गराउने समेत कुवँरको जिकिर रहेको छ । युवा, महिला तथा वालकल्वहरु लाई उचित किसिमले सम्वोधन गर्दै वाल उद्दान, हरित पार्क, खेलकुद मैदान र सभाहलको स्थापना गर्ने, गाउँपालिकामा एफएम रेडियो स्थापना गर्ने, डिजिटल टिभी र डिजिटल पत्रपत्रिकाहरुको पहुँच प्रत्येक नागरिकमा पुु¥याउन आवश्यक पहल गर्ने कुवँरले प्रतिवद्धता व्यक्त गर्नुुभयो । मोदी गाउँपालिकामा कला,संस्कृती साहित्य, संगित संग सम्वन्धित संग्राहलय र थिएटर स्थापना गर्न पहल गर्नुका साथै साना तथा घरेलु उद्दोग लाई प्राथमिकता दिँदै युुवाहरुलाई गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण सिर्जना गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको कुवँरको भनाई रहेको छ ।