पर्वत/जलजला गाउँपालिका वडा न ७ धाइरिङमा आज विहान विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर जाँदा १ जनाको मृत्यु भएको छभने अन्य चारजना घाइते भएका छन् । धाइरिङको धारापानी भन्ने गाउँमा विद्युत लाइनमा आएको समस्याका कारण बस्तीभरीका झण्डै २ दर्जन बढि घरहरुका मिटर बक्समा आगलागी भएको घटनास्थल पुगेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर गई घरहरुका मिटर बक्समा आगलागी भएको हो । विद्युत लाइन सट हुँदा दजनौं पशु चौपायाहरुको मृत्यु भएको छ भने स्थानीय पशु फार्ममा समेत आगलागी भएको अध्यक्ष आचार्यले जानकारी दिए ।
घटनाको थप क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजाने तयारी गरिएको अध्यक्ष आचार्यले बताएका छन् । घटनामा झण्डै ५० बर्षकी सिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि शिवराज बुढाथोकीले पुष्टि गरेका छन् ।