भदौ २० गतेभित्र प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न नेपाली काँग्रेसको निर्देशन

22

पर्वत/नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको सिफारिस गर्न मापदण्डसहित मातहत कार्य समितिहरुलाई निर्देशन पठाएको छ । महामन्त्री गगन थापाले हस्ताक्षर गरेर पठाएको निर्देशनमा कम्तिमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्न भनिएको छ ।

सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न भनिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा भदौ १८ भित्र जिल्ला कार्य समितिबाट प्रदेश कार्य समितिमा पठाउनुपर्ने भनिएको छ ।

एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा पनि पनि भदौ १८ भित्र उम्मेद वारको नाम कार्य समितिमा पठाउन भनिएको छ । प्रदेश कार्य समितिले भदौ २० गतेभित्र आफ्नो राय समेत समावेश गरी केन्द्रमा पठाउनुपर्नेछ । कांग्रेसले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट निर्वाचित भएका व्यक्तिको नाम सोही कोटामा सिफारिस गर्न नपाइने भनेको छ ।