पर्वत/नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ४ ले पनि घरघर जाऔं, काँग्रेस जिताऔं अभियानको आजबाट औपचारिक रुपमा शुभारम्भ गरेको छ । फागुन २९ गतेदेखि स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशैभर एकैपटक शुरूवात भएको ’घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको वडा कार्यालयले आज एक कार्यक्रमका बीच सुरुवात गरेको हो । अभियानको शुभारम्भ गर्दै जिल्ला प्रतिनिधि शान्ति शर्मा कुमालले काँग्रेसबीचको एकता र आत्मविश्वास नै काँग्रेसको जित हुने भएकोले एकढिक्का भएर जनताको घरदैलोमा पुग्न सबै कार्यकर्तालाई आग्रह गरिन । उनले विगतमा काँग्रेसभित्रको अन्तर्घातको कारण बहुमत भएका वडाहरू समेत गुमाउनु परेको वताउँदै यसपालि काँग्रेस भावनात्मक एकताको साथ अभियानमा होमिएको जानकारी दिइन ।
कार्यक्रममा प्रदेश प्रतिनिधि निर्मल विश्वकर्माले नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा काँग्रेसको महत्वपूर्ण योगदान रहेर पनि जनतालाई बुझाउन नसक्दा कांग्रेस कमजोर भएको वताउँदै यो अभियानले जनताका गुनासा सुन्ने र नयाँ योजना बनाएर अघि बढ्ने अवसर प्राप्त भएको जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा वडा नं ४ का वडा अध्यक्ष मिना कर्माचार्यले स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टी भित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्न सुझाव दिइन l
कार्यक्रममा वडा सभापति दिनेश श्रेष्ठले हरेक काँधलाई भारि,हरेक हातलाई जिम्मेवारी´ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड, गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन तर्फ उन्मुख गराउने दावी गर्दै अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे । कार्यक्रममा नगर कार्यसमितिका उपसभापति कमलकान्त पाध्या, नगर प्रतिनिधि कलावती पुरी र वडा उपसभापति मिना जोशी लगायतले बोलेका थिए ।
वडा सभापति दिनेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन वडा सचिव टेकबहादुर जोशीले गरेका थिए । उक्त अभियान आजैदेखि वडा नं ४ का टोलटोलमा पुग्ने वडा उपसभापति सन्दिपमान श्रेष्ठले जानकारी दिए ।