पर्वत,२६ भदौ । जिल्लाको जलजला गाउँपालिका ८ नाग्लिवाङमा ऐतिहासीक रुपमा सञ्चालन हुने तिजमेला सोमवारवाट सुरु भएको छ । जलजला गाउँपालिका वार्ड नं.८को आयोजनामा २७ गतेसम्म सञ्चालन हुने मेलाको विधिवत रुपमा उद्घाटन गरिएको हो । मेलाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल रामकृष्णले तीजसंगै महिलाहरु अधिकार खोज्न जागरुक हुनुपर्ने बताउनुभयो । महिलाहरुलाई सफल बनाउन पुरुषको पनि उत्तिकै साथ चाहिने भन्दै मल्लले महिलालाई अगाडी बढ्नका लागि साथ दिन पुरुषहरुलाई आग्रह गर्नुभयो । मल्लले महिलाहरु आत्मानिर्भर भएपछि परिवार नै धनी बन्ने भएकाले महिलाहरुलाई आत्मानिर्भर बनाउने काममा सहयोगको खाँचो औल्याउनुभयो ।
एक अर्को प्रसंङ्गमा बोल्दै अध्यक्ष मल्लले संघीयताको सफल कार्यन्वयनका लागि स्थानीय सरकारलाई निर्वाध ढंगले काम गर्न दिनुपर्ने समेत धारणा राख्नुभयो । मल्लले सिंहदरबारको अधिकार गाउँगाउँमा आउनै नदिएको गुनासो गर्दै गाउँको अधिकार बाटोमै हराएको टिप्पणी गर्नुभयो । स्थानीय तहका अधिकार संघ, प्रदेश र सुरक्षा निकायबाट दुरुपयोग र हस्तक्षेप हुने गरेको पनि उहाँले बताउनु भयो । कर बढाउनु भन्दा वातावरणीय प्रभाव नपर्ने र कुनैपनि बासिन्दालाई असर नपर्नेगरी स्थानीय स्रोतसाधनलाई अधिकतम प्रयोग गरेर आम्दानी बढाएर विकास निर्माणका काम गर्ने योजना बनाएपनि प्रदेश सरकार र प्रहरीले अबरोध पु¥याउने काम गरेकोमा अध्यक्ष मल्लले चिन्ता ब्यक्त गर्नुभयो । उहाँले यस्तै अवस्था रहे संघीयता असफल हुने दावी समेत गर्नुभयो । ‘स्थानीय सरकारको हात बाँधेर संघीयता सफल हुँदैन, स्थानीय श्रोतसाधनको उपयोग गरेर गाउँपालिकालाई समृद्ध बनाउने हाम्रो अभियानमा केन्द्र र प्रदेशको अनावस्यक हस्तक्षेप संघीयताको बाधक हो ।’– मल्लले भन्नुभयो । उहाँले जलजला गाउँपालिका आन्तरिक स्रोतसाधनलाई उपयोग गरेर जनतासँग कर कम लिने नीति गाउँपालिकाले अख्तियार गरेको समेत जानाकारी दिनुभयो । अध्यक्ष मल्लले कम आयश्रोत भएको जनताहरूलाई कर मिनाहा गर्ने नीति समेत गाउँपालिकाले अवलम्बन गरेको वताउनु भएको थियो ।
कार्यक्रममा जलजला गाउँपालिका वार्ड नं १ का वडाध्यक्ष तुल्सीराम रेग्मी, २ का देवेन्द्रवहादुर भण्डारी ३ का गोविन्द खत्री, जलजला ४ का अध्यक्ष भीष्म मल्ल, ९ का गौवहादुर पुन,नेपाली काँग्रेसका जिल्ला उपसभापति दुर्गावहादुर खत्री,नेपाल कम्युनिष्ट पार्टिका नेता महेन्द्र रेग्मी लगाएतले पनि वोल्नुभएको थियो । कार्यक्रममा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
उद्घाटन कार्यक्रममा लोक तथा दोहोरी गायक कृष्ण अखेली र गायिका दिपिका पौडेलको साँगितिक प्रस्तुती रहेको थियो । ऐतिहासिक मेलामा वनौ ,पाङ,धाइरिङ,मल्लाज सालिजा, र वाग्लुङका केहि स्थानहरुवाट दर्शकहरुको उपस्थिति रहने वताईएको छ । जलजला गाउँपालिका वार्ड नं.८ नाग्लिावाङका वडाध्यक्ष हरिविकास जि.सी.को अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश रेग्मीले गर्नुभएको थियो ।