केपी ओलीको असंवैधानिक कदम विरूद्ध नेपाली काँग्रेसद्धारा पर्वतका दुईक्षेत्रमा विरोध प्रदर्शन

130

पर्वत/ओली सरकारको असंवैधानिक कदम विरूद्ध नेपाली कांग्रेसले आह्वान गरेको दोश्रो चरणको आन्दोलन अन्तर्गत पर्वत क्षेत्र नं १ को मोदी गाउँपालिकाको डिमुवामा र क्षेत्र नं-२ अन्तर्गत पैयुँ गाउँपालिकाको हुवासमा सम्पन्न भएको छ । पैयुँको हुवासमा सम्पन्न विरोधसभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले सम्बोधन गर्नुभएको थियोभने क्षेत्र नं १ को मोदीमा सम्पन्न विरोधसभालाई नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले सम्बोधन गर्नुभएको थियो ।

विरोधसभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरूद्धमा काँग्रेसले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने उद्घोष गर्नुभएको छ । सभापति भुसालले काँग्रेसलाई सत्ता चाहिएर सडकमा नआएको जिकिर गर्दै जनताको संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका खातिर आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको वताउनु भएको थियो । उहाँले सर्वोच्च अदालतमा विचाराधीन रहेको संसद विघटनको मुद्दाको फैसला जनताको सर्वोच्चताको पक्षमा आउनेमा नेपाली काँग्रेस विश्वस्त रहेको समेत जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति दुर्गाबहादुर खत्री, नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) प्रदेशसभा सदस्य ललितकला गुरूङ कुश्मा नगरपालिकाका प्रमुख एव नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रामचन्द्र जोशी, नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, नेपाली काँग्रेसका महासमिति सदस्य मिना केसी, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाली काँग्रेसका नेता राम शर्मा पौडेल, नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य डाक्टर चूडामणि शर्मा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रामबहादुर प्रसाई, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य कुलप्रसाद उपाध्याय, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य सरस्वती शर्मा जिज्ञासु, नेपाली कांग्रेस क्षेत्र नं १ पर्वतका पूर्व क्षेत्रीय सभापति बलभद्र शर्मा, नेपाली कांग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसी, नेपाली काँग्रेस मोदी गाउँपालिकाका संयोजक जीवनाथ शर्मा, नेपाल महिला संघका आमन्त्रित केन्द्रीय सदस्य जोगमाया प्रसाई, नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी, नेपाल महिला संघ पर्वतका कार्यवहाक अध्यक्ष मुना शर्मा लामिछाने, मोदी गाउँपालिकाका काँग्रेस नेता दीपेन्द्रजंग लामिछाने, नेपाल दलित संघका नेता जीतबहादुर नेपाली, नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्मा, नेपाल विद्यार्थी संघ मोदीका सभापति नविन पौडेल लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति पर्वत (क) का उपसभापति टीकाराम सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन क्षेत्रीय सचिव कमल अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय कार्यसमितिका सचिव कृष्णप्रसाद लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूलाई धन्यवाद मन्तव्य क्षेत्रीय कार्यसमितिका सहसचिव जीतबहादुर मगर पुनले व्यक्त गर्नुभएको थियो ।

विरोध जुलुशमा हजारौं काँग्रेस कार्यकर्ताहरूको सहभागिता रहेको थियो । सोही कार्यक्रममा नेकपा परित्याग गरी स्थानीय महिला नेतृ दीपा खड्का पौडेल लगायतका २० जना व्यक्तिहरू नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।