विश्व हिन्दु महासंघ पर्वतले सम्झ्यो – राजा पृथ्वीनारायण शाहलाई

33

पर्वत/विश्व हिन्दु महासंघ पर्वतले राष्ट्रिय एकताका प्रतीक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले शाहवंशको ईतिहासमा राजा पृथ्वीनारायण शाहले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । अध्यक्ष आचार्यले पृथ्वीनारायण शाह नेपालको राष्ट्रिय एकताका प्रतीक भएकोले उहाँको सम्झना र सम्मान हरेक नेपालीले गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा पृथ्वीनारायण शाहको योगदानका वारेमा महासंघका सहसचिव धनेश्वर रेग्मीले प्रकाश पार्नुभएको थियोभने कार्यक्रममा विश्व हिन्दु महासंघ पर्वतका सदस्यहरू पृथ्वीनारायण शर्मा र द्रोणराज पौडेलले पनि पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको भौगोलिक एकीकरणमा खेलेको भूमिकाका विषयमा चर्चा गर्नुभएको थियो ।

विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन विश्व हिन्दु महासंघ पर्वतका सचिव अच्युत तिवारीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य महासंघका केन्द्रीय सदस्य मानकुमारी गिरीले गर्नुभएको थियो । कुश्मामा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट सयौं व्यक्तिहरू सहभागी थिए । त्यहाँ बोल्ने वक्ताहरुले राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने कुरामा जोड दिएका थिए ।