मोदी-३ देउरालीका काँग्रेस अगुवा सुवेदीको सम्झनामा काँग्रेसले गर्यो श्रद्धाञ्जली सभा

101

पर्वत/मोदी गाउँपालिका वडा नं -३ देउरालीका पार्टी सचिव रुद्रप्रसाद सुवेदीका पिता एवं नेपाली काँग्रेसका क्रियाशील सदस्य खडानन्द सुवेदीको स्वर्गारोहण भएको १२ औं दिनको पूण्यतिथिको अवसरमा नेपाली काँग्रेस देउरालीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

प्रमुख अतिथिको रूपमा शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य एवं काँग्रेस नेता डाक्टर चूडामणि शर्माले स्वर्गीय सुवेदीले नेपाली काँग्रेसको सांगठनिक अभियान र आन्दोलनमा पुर्याएको योगदानलाई पार्टीले गम्भीर रुपमा लिएको वताउँदै स्वर्गीय सुवेदीले समाज परिवर्तनको लागि खेलेको भूमिकालाई आत्मसात गरेर अगाडी बढ्न सबै देउरालीबासीहरूमा आग्रह गर्नुभएको थियो । उहाँले शोकलाई शक्तिमा बदलेर अघि बढ्न समस्त सुवेदी परिवारलाई आग्रह समेत गर्नुभएको थियो ।

काँग्रेस नेता शर्माले लोकतन्त्र र नागरिक अधिकारको रक्षाको लागि मुलुकमा एकपटक फेरि कांग्रेसको नेतृत्व अपरिहार्य आवस्यक भएको वताउँदै पछिल्लो पटक संसद विघटन गरेर ओली सरकारले लोकतन्त्र र जनताको अभिमतमाथि अपमान गरेको दाबी गर्नुभएको थियो । डाक्टर शर्माले नेपाली कांग्रेस पर्वत (क)ले भोलि मोदीमा आयोजना गरेको विरोधसभामा उपस्थितिका लागि सबै मोदीबासीमा अपिल समेत गर्नुभएको थियो ।

शोकसभामा बोल्दै नेपाली कांग्रेसका अर्का जिल्ला सदस्य रामबहादुर प्रसाईले स्वर्गीय खडानन्द सुवेदीको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको वताउँदै स्वर्गीय सुवेदीले नेपाली काँग्रेसको राजनीतिक जीवनमा पुर्याउनुभएको योगदानलाई पार्टीले सँधै स्मरण गर्ने जानकारी दिनुभएको थियो ।

कार्यक्रममा मोदी -२ देउपुरका पूर्व उपसभापति धनबहादुर हमाल, मोदी गाउँपालिका वडा न -३ का वडाअध्यक्षका प्रत्यासी उम्मेदवार कृष्णबहादुर गुरुङ र नेपाली काँग्रेसका क्रियाशील सदस्य पूर्णप्रसाद सुवेदी लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस मोदी गाउँपालिका वडा नं-३ देउरालीका सभापति परमानन्द चापागाईंको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन पार्टी सचिव रामचन्द्र सुवेदीले गर्नुभएको थियो ।