चाडपर्व नजिकिएसँगै पर्वत प्रहरीले लागु ग¥यो विशेष सुरक्षा योजना

7

पर्वत/नजिकिँदै गरेका नेपालीहरुका महान चाड वडादशै र तिहारलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष सुरक्षा योजना लागु गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको बीचमा आएका चाडवाडलाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना लागु गरेको हो । जिल्लामा कोरोनाबाट आफु पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पारिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । प्रहरीले कोरोनाको सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने, ठाउँ ठाउँमा मोबाइल गस्ती बढाउने र सडकका सवारी चेकजाँचलाई कडाई गर्न थालेको छ । त्यसैगरी जोखिमयुक्त क्षेत्रमा रात्री गस्ती लाई थप गरेर शान्ति सुरक्षालाई चुस्त पार्न लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार पारिएको हो । लोभलालचमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढङ्गले अघि बढ्न आफु मातहातका कर्मचारीलाई सचेत गराएको उहाँको भनाई छ ।

हरेक वर्ष प्रहरीले दशैँ-तिहार लक्षित छुट्टाछुट्टै सुरक्षा योजना बनाउदै आएपनि यस वर्षको सुरक्षा योजनामा भने कोभिड-१९ को प्रभाव पर्ने देखिएका कारण थप मजबुद बनाइएको हो । गत वर्षहरुमा कोभिड-१९ को संक्रमण नभएका कारण सम्भावित सुरक्षा चुनौतिका आधारमा सुरक्षा योजना बनाइए पनि यस वर्ष त्यस्तो नहुँने अधिकारीको भनाई छ । उहाँले सुरक्षा योजनामा अपराध न्यूनीकरण गर्न चाल्नु पर्ने कदमजस्ता योजनाका साथै अतिरिक्त भीडभाड हुन नदिने, सामाजिक दूरी कायम गर्न लगाउने लगायतका योजना पनि थपिएका छन् । ‘चाडबाडका बेला चोरी, तस्करी, लुटपाट, कालोबजारी, पाकेटमारी, जुवातास, ठगीसँगै हत्यासम्मका अपराध अरू बेला भन्दा बढी हुने गर्दछ । जसलाई न्यूनीकरण गर्नु प्रहरीको दायित्व हो । जसले गर्दा हरेक वर्ष प्रहरीले चाडबाडको बेला अरू बेला भन्दा बढी गस्ती, पेट्रोलिङ जस्ता गतिविधि गर्दै आएका छौ’ उहाँले भन्नुभयो ।

प्रहरीले सादा पोशाकका प्रहरीलाई व्यापक रूपमा खटाउन थालेको जनाएको छ । अधिकारीका उहाँका अनुसार यात्रुहरू ठगिन सक्ने भन्दै सहायता कक्ष स्थापना गर्न लागिएको छ । सदरमुकाम कुश्माको शिवालय चोक र पर्वत भित्रिने मुख्य नाका डिमुबामा गरी दुई ठाउँमा सहयता कक्ष स्थापना गरीने भएको छ । सदरमुकाम र बाहिरका क्षेत्रमा रहेका बैंक लगायत वित्तीय क्षेत्र भएको स्थानहरुमा २४ सै घण्टा प्रहरी परिचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एवं जुवातास खेल्नेहरुलाई कारबाही गर्ने पनि प्रहरीले जनाएको छ । राजमार्ग र शाखा सडकहरुमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाउन थालिएको प्रहरीले वजनाएको छ । चाडबाडलाई लक्षित गरेर पर्वतमा दैनिक ३ सय बढी प्रहरी परिचालन हुनेछन् ।
त्यसैगरी जिल्लाका होटल, लज, रेस्टुरेन्ट, मनोरञ्जनात्मक स्थलहरु आदिको नियमित एवं आकस्मिक अनुगमन र छड्के चेकजाँचको व्यवस्था गरेको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागु गरेको सम्पुणर् स्वास्थ्य मापदण्डलाई पालना गरी काम हुने पनि अधिकारीले जानकारी दिनुभयो ।