काँग्रेस युवा नेता मल्ललाई कोरोना पुष्टी: पार्टी द्वारा स्वास्थ्यलाभको कामना

218

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता
यामवहादुर मल्ल (रामकृष्ण)लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएको हो ।

अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भैरहेको छ । स्वास्थ्य अबस्थामा सामान्य रहेको बताइएको छ ।
जलजला गाउँपालिकामा शनिबार अध्यक्ष मल्ल सहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको समेत कोरोना परिक्षण गरिएको थियो । परिक्षणका क्रममा थप एक प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । उहाँ पनि बिदामा घर आएको बताइएको छ । गाउँपालिकाले शनिबार जनप्रतिनिधी , स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, गरि ४४ जनाको श्वाब संकलन गरेको थियो ।
यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सयय २७ पुगेको छ ।

यसैबीच नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका मल्ललाई कोरोना पुष्टि भएपछि नेपाली काँग्रेस पर्वतले मंगलबार नै एक प्रेस विज्ञप्ति जारी गर्दै मल्लको स्वास्थ्य लाभको कामना गरेको छ । पार्टी सभापति खिमप्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा मल्ललाई आत्मबल बलियो बनाएर कोरोनाको सामना गर्न सुझाइएको छ ।