बलेवा,बागलुङ/विश्वभर फैलिऐको कोविड-19 कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बाग्लुङ नगरपालिका १४ मा वुधवार मेडिकल सामाग्री हस्तानतरण गरिएको छ । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेस बाग्लुङका महाधिवेशन प्रतिनिधि सागर परियारले बानपा-१४ का वडाअध्यक्षलाई वुधबार एक कार्यक्रमका बीच मास्क,सेनिटाईजेर तथा ग्लोब्स हस्तान्तरण गर्नुभएको हो ।
काँग्रेसका युवा नेता समेत रहेका परियारले कोभिड १९ को कुनैपनि उपचार नभएको तथा यसको सक्रमण निकै छिटो बढ्दै गएकाले आफ्नो समुदायलाई सुरक्षित गर्न सुरक्षा सामग्री प्रयोग गर्ने तथा सवाधानी अपनाउनु पर्ने सुझाव दिनुभएको थियो । त्यस्तै कार्येक्रममा बोल्दै अध्यक्ष चक्रबहादुर खत्रीले सरकारले गरेको लकडाउनलाइ पुर्ण पालना गर्न आह्वान गर्दै स्वास्थ्य सामग्री सहयोग गर्ने उपाध्यक्ष परियारलाई धन्यवाद दिनुभएको थियो । कार्यकर्ममा बानपा १४ का वार्ड सदस्य पुस्पा केसी र नारायण श्रेष्ठ, नेबि संघका पुर्व उपाध्यक्ष डिल्लीराम सुवेदी, नेबि संघ टियुका सभापति कृष्ण शर्मा र बन बिज्ञान अध्यन सस्थांन पोखाराका अध्यक्ष सरोज रिजाल, समाजसेवि कमल जिसी लगायतको उपस्थिती रहेको थियो ।






