१५ बर्षिय युरिशा जोशीद्वारा विश्वकै दोश्रो बञ्जी जम्पको परिक्षण

391

पर्बत/दुबैतिर विशाल चट्टानी पहाडको बीचमा बेस्सरी सुसाइरहेको कालीगण्डकी । माथिबाट सरर हेर्दा नदी कहाँ नेर छ भन्ने देख्नै गाह्रो । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल र २२८ मिटर उचाईमा रहेको त्यो नदीमाथि झोलुंगे पुल । हेर्दै कहाली लाग्दो उचाइ अनि नदी । त्यति माथिबाट हाम्फाल्दाको अनुभव कस्तो होला ? विश्वकै लामो र अग्लो दाबि गरीएको सबभन्दा सुन्दर र साहसी मध्येको एक बञ्जी गर्ने रहर जो कोहीको हुन्छ । त्यो रहर थियो बञ्जीका सञ्चालक युबराज जोशीकी छोरी युरीसा जोशिको । आजभन्दा २ ,४ वर्ष अघिदेखिको त्यो रहर, सपनाजस्तै बनेको थियो । पूरा गरौंला भन्ने सोचेको थिएँ । तर समय, परिस्थितिले मौका निमिलेको भएपनि त्यो मौका पुरा भएको उनले उनुभब सुनाईन् ।

जुन दिनको लागि म प्रतिक्षारत थिएँ त्यो दिन पनि आयो र सपना पनि पुरा भएको उनले सुनाईन् । भर्खर १५ बर्ष उमेरकी युरीसाले सोमबार बिहान ११ बजे बञ्जी गरेकी हुन । बञ्जीको लागि पहिले दनै बाबालाई भन्दै आएको भएपनि समय नमिलेको उनले बताईन । बञ्जी गर्नुपुर्बको अनुभब साट्दै उनले भनिन् मेरो आधा पैतालाले प्ल्याटफर्मलाई छोडेको थियो भने आधा प्ल्याटफर्ममै थियो र साथ थियो जम्प मास्टरको । ‘आर यु रेडी?‘ जम्प मास्टरले सोध्नुभयो । कानले सुन्यो । तर, मुखले जवाफ फर्काउन सकिन । किनारामा पुगेपछि मनमा जो हलचल भइरहेको थियो । सबैले भन्थे त्यहाँ पुगेपछि होसहवास नै उड्छ । अघिदेखिको उत्साहमा डरले डेरा जमाउँदै थियो । अनि होसहवास नउड्ने कुरै भएन ।

२२८ मिटरबाट जो हाम फाल्दै थिए । दोस्रो पटक पनि उहाँले सोध्नुभयो मैले ‘एस‘ भनेर जवाफ त फर्काएँ । दिमाग तयार थिएन अनि मन पनि । थ्री, टू, वान, गो‘ जम्प मास्टरले यति मात्र के भनेका थिए । म कतिखेर जम्प भए पत्तै भएन । अघिपछि जोडजोडले उर्लिने त्यो कालीगण्डकी शान्त भएर बगिरहेको जस्तो लाग्यो । त्यो लचकदार डोरीले मलाई जताजता लान्थ्यो । आफु पनि त्यतै गएको भान भएको उनले बताईन् । सपना जुन अधूरै रहेको थियो त्यो पुरा भएकोमा उनि खुसि देखिएकी थिईन । उनी कुश्मामा रहेको कालीगण्डकी एकेडेमीमा अध्ययनरत बिद्यार्थी हुन । अहिले एसईईको तयारीमा रहेको उनले बताईन ।