पर्वत/नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आईतवार पर्वत आउनुहुने भएको छ । जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सञ्चालन भइरहेको ऐतिहासिक गण्डकी गोपाल गोरक्ष धनधाञ्याञ्चल विराट महायज्ञ एवं गौमहोत्सव सहभागी हुनका लागि देउवा पर्वत आउन लाग्नुभएको हो ।
देउवा भोली मंसिर २२ गते दिउसो २ बजे जलजलाको मिलनचोक आउने कार्यक्रम रहेको नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । देउवाले गौ महोत्सव तथा महायज्ञमा सम्बोधन गरी काँग्रेस नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ । मल्लले केन्द्रीय सभापति आउने उक्त कार्यक्रममा उपस्थित भइदिनका लागि सम्पूर्ण जिल्लाबासीहरुलाई आग्रह गर्नुभएको छ । काँग्रेस सभापति देउवा भोलिनै काठमाडौ र्फकने कार्यक्रम छ ।






