पर्वत/फलेवास नगरपालिका–१ कार्कीनेटामा नेपाली काँग्रेसको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस कार्कीनेटाका क्रियाशिल सदस्य स्वर्गिय शिवाखर पाध्याको १३ औँ दिनको पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । सामजिक कार्यमा निकै चासो राख्ने पाध्यको ७३ बर्षको उमेरमा निधन भएको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले शिवाखर पाध्याको मृत्युले पार्टीलाई मात्र नभई सिंगो समाज र राष्ट्रलाई अपूर्णिय क्षती पुगेको बताउनु भयो । नेपाली काँग्रेस आवद्ध रहेर समाज र राष्ट्रका लागि स्वर्गिय पाध्याले पु¥याएको योगदान सम्मानजनक रहेको तिवारीको भनाई थियो । ‘स्वर्गिय पाध्यले मुलुकको विकासप्रति निकै चिन्ता व्यक्त गर्नुहुन्थ्यो, तिवारीले भन्नुभयो,‘ अब उहाँको सपना पुरा गर्ने दायित्व नेपाली काँग्रेसका कार्यकर्ताको बाँधमा आएको छ ।’ नेपाली काँग्रेसको अबको लडाई समृद्धि र विकास सँग भएको जिकिर गदै कार्यकर्तालाई उद्यमशिल बन्न आग्रह गर्नुभयो । अवको लडाई फरक पार्टीसँग नभई मुलुकको समृद्धि र विकास सँग भएको उहाँको तर्क छ । ‘अब हाम्रो लडाई अन्य पार्टी होईन, गरिव, दलित, निमुखा, बेरोजगारी र भष्ट्राचारी सँग हो, तिवारीले भन्नुभयो ।’ नेपाली काँग्रेस जनताको पार्टी भएकाले जनताको समस्या काँग्रेसले मात्र निरकारण गर्ने उहाँको दावी छ ।






