बागलुङ/नेपाली काँग्रेसका केन्द्रिय सदस्यएवं सुरेन्द्रराज पाण्डेले सामाजिक सेवामा राजनिति भागभण्डा गर्न नहुने बताउनुभएको छ । बागलुङको पैयुँपाटामा रहेको हेमराजशर्मा प्रष्ठिानको छात्रबृत्रिवितरण एवं सम्मानकार्यक्रममाबोल्दै नेतापौडेलले समाज र समुदायको विकासका निम्ती सवै एकजुट हुनेपर्ने बताउनुभएको हो । धौलागिरी क्षेत्रकै अग्रज समाजसेवी स्वर्गिय शर्माको तेस्रो स्मृतिदिवसको अवसरमाउक्तकार्यक्रमको आयोजनागरिएको थियो । पाण्डेले स्वर्गिय हेमराजपौडेलको योगदानधौलागिरी बासीहरुले कहिलै भुल्ननहुने बताउनुभयो । राष्ट्रिय सभामाप्रमुखविपक्षदलका नेता समेत रहेका पाण्डेले केपिवलीको दुई तिहाईको सरकाले दब्ब देखाएको आरोप लगाउनुभयो । प्रधानमन्त्रीले सरकार एक्लै चलाउनखोज्नुभएको छ । नेता पाण्डेले भन्नुभयो, उहाँको यो दम्ब अब धेरै बेर ठिक्नेवाला छैन । काँग्रेसको सहयोग विनाकुनै पनिकाम पुरा नहुने उहाँको भनाई थियो ।
कार्यक्रममा धौलागिरीको बरिष्ठ समाजसेवी डाक्टर भुपेन्द्र बहादुर खड्का, गण्डकी प्रदेश सांसद ललितकला गुरुङ, नेपाली काँग्रेस बागलुङका पाटि सभापति दिपेन्द्र बहादुर थापा, नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), समाजसेवी डिल्ली प्रसाद शर्मा, त्रिभुवन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ शर्मा, नेकपाका उमानाथशर्मा, नेपालीकाँग्रेसका सभापतिचन्द्र बहादुर खत्रीलगायतले स्व. हेमराजशर्मा पौडेलले धौलागिरी क्षेत्रको सामाजिकविकासकानिम्ती ठुलो योगदनगर्नुभएको हुँदाउहाँको योगदानअहिलका पुस्ताकालागि प्रेरणाको श्रोत भएको बताउनुभएको थियो ।
स्वर्गिय हेमराजपौडेले धौलागिरी क्षेत्रकै शिक्षा प्रेमिएवं समाजसेवीको रुपमा परिचितहुनुहुन्थ्यो ।
कार्यक्रममा समाजसेवी सम्मानमाम्याग्दीका बरिष्ठ अधिवत्ताएवं काँग्रेसका पुर्व सभापतिभुपेन्द्र बहादुर खड्कालाई सम्मानगरिएको थियो ।
त्यसैगरी स्व. हेमराजशर्मा पौडेलका समकालिन सहयात्रीको रुपमा रहेर सहयोग गर्ने १६ जना समाजसेवीलाई सम्मानगरिएको छ । जसमा बा.न.पा. १३, पैयुँपाटा, सातविसेका पण्डित भवदत्तउपाध्याय, डण्डापानी उपाध्याय, बडहरेका नारायण प्रसाद ढकाल, सिम्लेका भवनी प्रसाद शर्मा, सल्यानकाआईते साकी, लहरेबरका शशिधर जैसी, महेश्वर आचार्य, डाँडाखेतकादुर्गादत्त रखाल, काभ्राबोटका भुमिश्वर पौडेल, घडेरीका महेश्वर रिजाल र बास्कोटका लक्ष्मीकान्त रिजाल रहेका छन । त्यसैगरी मुसुराबारीका खडकसिंह परियार, बा.न.पा.१४ नारायणस्थानका हरिकुकार श्रेष्ठ, देवकान्तपौडेल, बा.न.पा. १२ अमलाचौरका टुकनाथ शर्मा र खगेन्द्र पौडेललाई सम्मानगरिएको प्रतिष्ठानका अध्यक्ष किरणराजपौडेलले बताउनुभयो ।
त्यस्ते प्रष्ठिानले विभिन्नविद्यालय र क्याम्पसमागरिब, जेहेन्दार विद्यार्थीलाई छात्रबृतिवितरण गरेको छ । जसमा जनमत माविका किशोर लामिछाने र प्रतिक्षा रिजाल, त्रिभुवनमाविकापवित्रा नेपाली, रोशन परियार रहेका छन । त्यस्तै धौलागिरी बहुमुखी क्याम्पसमा सर्वोकृष्ट अंकल्याउने प्रेम रिजाल, वलेवा पैयँपाटा बहुमुखी क्याम्पसबाट सर्वोकृष्ट अंकल्याउने सावित्रा शर्मालाई छात्रबृतितथा सम्मानगरिएको थियो । त्यस्तै गरी वलेवा नारायणस्थानमा रहेको गणेश माविमा अध्ययनरत तिनजनाविद्यार्थीलाई प्रतिष्ठानले पढाउने जिम्मालिएको छ ।
कार्यक्रममात्रिभुवनमाविमाअध्ययनर अन्य १० जनाविद्यार्थीलाई पोशाक समेत वितरण गरिएको छ । कार्यक्रम हेमराज प्रतिष्ठानका अध्यक्ष किरणराजपौडेलको अध्यक्षता, पुर्व महासचिव चुडामणि शर्मा पौडेलको स्वागत र सचिव कृष्ण पौडेलको संचालनमा सम्पन्नभएको थियो ।






