पर्वत/भर्खरै मात्र सरुवा भई पर्वत जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई नेपाल निजामति कर्मचारी युनियन संघले आज जिल्लामा स्वागत गरेको छ । कर्मचारी युनियन संघले प्रजिअ घिमिरेलाई उहाँको कार्यकक्षमै भेटेर स्वागत गरेको हो । प्रजिअलाई स्वागत गर्दै नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक शिव शर्मा अधिकारीले जिल्लाको शान्ति, सुशासन र जनमुखी कार्यसम्पादन गर्न सुझाव दिनु भएको थियो । उहाँले सत्ता र शक्तिको प्रभावमा नपरी सबै जिल्लाबासी र राष्ट्रसेवक कर्मचारीकाप्रति निष्पक्ष भएर काम गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीले गर्ने राम्रा काममा नेपाल निजामति कर्मचारी युनियन संघको रचनात्मक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यमप्रसाद शर्माले प्रजिअको पर्वत बसाई सबै पर्वतबासीका लागि स्मरणीय हुने अपेक्षा गर्नुभयो । कर्मचारी युनियन संघको भेटाघाटमा प्रजिअ घिमिरेले एक व्यक्तिको प्रयासले मात्र समग्र जिल्लाको शान्ति र सुशासन स्थापना हुन नसक्ने भन्दै सबैको साथ र सहयोग रहेमा जिल्लाको शान्ति र सुव्यवस्थाका लागि आफूले कसैसँग कुनै सम्झौता नगर्ने दावी गर्नुभयो । उहाँले पर्वतका सबै नागरिक र राष्ट्रसेवकहरु आफ्नाप्रति समान रहने र सेवाप्रवाहमा कुनै विभेद नहुने समेत प्रष्ट पार्नुभयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय सदस्यहरु कमल पौडेल र तेजेन्द्र पौडेल, नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतका पूर्व अध्यक्ष ध्रुवप्रसाद सुवेदी, आधिकारीक टे«ड युनियन महासंघका जिल्ला उपाध्यक्ष राम शर्मा लामिछाने, कर्मचारी युनियन संघका उपाध्यक्ष लिला गौतम र केन्द्रीय प्रतिनिधि बालकृष्ण शर्मा लगायतको सहभागिता रहेको थियो ।
यसैबीच नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतले हालैमात्र विभिन्न जिल्लाबाट सरुवा भई पर्वत आउनु भएका नेपाल निजामति कर्मचारी युनियन संघमा आवद्ध व्यक्तिहरुलाई आजै एक कार्यक्रमका बीच स्वागत गरेको छ । युनियन संघले युनियन संघ कास्कीका उपाध्यक्ष तथा पर्वतका नापी निरिक्षक अर्जुन गुरुङ, पर्वत जिल्ला अस्पतालका डा. शेषनाथ लामिछाने, डा. राजन लामिछाने, डा. सुशील शर्मा, र डा. सतिस बास्तोला लगायत नापी कार्यालयमा कार्यरत कर्मचारी अनिल केसी र टंकनाथ पौडेललाई पर्वत जिल्लामा स्वागत गरेको हो । नव आगन्तुक कर्मचारीहरुलाई स्वागत गर्दै नेपाल निजामति कर्मचारी युनिय संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारीले नेपाली काँग्रेस पार्टी अहिले सिंहदरबार बाहिर भएपनि मनोबल उचो पारेर जनताको सेव ागर्न सुझाव दिनुभएको थियो । अधिकारीले कठिन घडीमा संगठनको माया गर्ने कर्मचारीहरुलाई संगठनले उच्च मूल्याङ्न गरेको वताउँदै कामबाट आस्थाबाट बिचलित नहुन आग्रह गर्नुभएको थियो । नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यमप्रसाद शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन आधिकारीक टे«ड युनियन महासंघका जिल्ला उपाध्यक्ष राम शर्मा लामिछानेले गर्नुभएको थियो ।






