अविलर बर्षापछि छमर्के-छिपछिपे सडकखण्ड पुर्णरूपमा वन्द, पैदलयात्रा गर्नसमेत कठिन

Screenshot

पर्वत/ विगत केहिदिनदेखीको अविरल बर्षाका कारण छमर्के छिपछिपे सडक खण्ड पुर्णरूपमा वन्द भएको छ । यो सडकको समिकोटनेरको पहरो फुटेर सडक अवरूद्द भएको हो । सडक चक्लावन्दि गर्दा खनिएको उक्त सडकको माथिको भागवाट ठुला ठुला चट्टानफुटेर सडक अवरूद्द भएको छ । गत असार २१ गते अवरूद्द भएको सडक हाल सम्म पनि खोलिएको छैन । उक्त सडकखण्डमा पैदलयात्रा गर्न समेत कठिनाई भएको छ ।

यस सडकखण्डमा यात्रा गर्ने केवादी, सिमटे, बाझाखेत वस्तिका मानिसहरू आवदजावत गर्न कठिनाई भएको छ । छिपछिपेदेखि थानपति सडक खण्ड अन्तरगत कुटिचौपारीनेर सडकमा ढलानको काम भईरहेकाले दैनिक कुश्मा खुर्कोट गर्ने स्कुल वस र जिपहरूलाई समेत यात्रा गर्न कठिनाई भएको छ ।

खुर्कोटका वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले सडकअवरूद्द भएको स्थलमा पुगि अनुगमनगर्दा ठुला ठुला ढुड्गा सडकमा आएकाले सानो जेसिभिले हटाउन नसकिएको र ठुलो चेनवाला जेसिभिको खोजिभईरहेको वताउनुभयो । सडक पुर्णरूपमा खुलाउनका लागी ठुलो लागत लाग्ने देखिएकाले उक्तटोलकै उपभोक्ता समिति निर्माणगरि लागतस्टिमेट तयार गरेर कार्य अगाडी वढाउनु पर्ने वताउनुभयो । तर साधारण पैदलयात्रा गर्ने वनाउनका लागी वडाले पहल गरेको तर ठुलो जेसिभि नपाईएकाले ढिलाभएको जानकारी गराउनुभयो ।

स्थानिय जनप्रतिनिधि, कुश्मा नगरका मेयर लगायतलाई सम्वोधन गरेर लामो स्टाटस लेख्दै स्थानिय राजु क्षेत्रीले सडक अवरूद्द भएको लामो समयहुदा समेत नखुलाईएको, पैदलयात्रा गर्न समेत कठिनाई भएको जानकारी गराउनुभएको छ । कुश्मा बजारदेखि दैनिक स्कुल वस, खाद्दसामाग्री लिएर जाने सवारी साधन अवरूद्द भएकाले दैनिक जिवनकष्टकर वनेको समेत जानकारी गराउनुभयो ।