माघ,२७–पर्वत/गायत्री आमा समूहले पर्वतको कुश्मामा आश्रम निर्माणर्थ आयोजना गरेको महायज्ञको आयव्यय बिबरण सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा समूहले आयव्यय बिबरण सार्वजनिक गरेको हो । समूहका कोषाध्यक्ष पुष्पा पौडेलले आयव्यय सार्वजनिक गर्दै विभिन्न दानदाताबाट ४० लाख ७० हजार रुपैयाँ रकम संकलन भएको जानकारी दिनुभयो ।
आयोजकले मुल आयोजक, आयोजक, भेटि, धान चामल, दक्षिणा लगायतबाट पनि राम्रो आम्दानी गर्न सफल भएको छ । सबै आर्थिक सहयोग मार्फत अहिलेसम्म ७७ लाख ८५ हजार १ सय ६ रुपैयाँ संकलन भएको छ । महायज्ञ सञ्चालनको क्रममा १६ लाख २१ हजार ३० रुपैयाँ खर्च भएको छ । यज्ञमा बोलकबोल गरेको करिव १० लाख रुपैयाँ संकलन गर्न बाँकी रहेको छ ।
आयोजकले निर्माणाधिन भवनका लागि हालसम्म ३९ लाख १० हजार ७६ रुपैयाँ खर्च भएको जनाएको छ ।१२ लाख २१ हजार १० लाख रुपैयाँको अक्षयकोष प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको आतिथ्यतामा आयोजकले खर्च बिबरण सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले आश्रम निर्माणको लक्ष्य लिएकोमा सफलताको कामना गर्नुभयो । उहाँले आश्रमका कारण पर्वत जिल्लामा पर्यटकहरुले बास बस्ने र यहाँका धार्मिक स्थलहरुको प्रचारमा पनि आश्रम महत्वपूर्ण हुने बताउनुभयो ।






