सामुदायिक क्याम्पसको दीगो विकासका लागि समुदायको साझेदारी आवस्यक- जोशी

माघ-२६- पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुप्रसाद जोशीले सामुदायिक क्याम्पसको दीगो विकास र सफलताका लागि सामुदायिक साझेदारी अभियान थाल्न क्याम्पस प्रशासनलाई सुझाव दिनुभएको छ । केन्द्रीय सदस्य जोशीले गुप्तेश्वर बहुमुखी क्याम्पसको २७ औं बार्षिकोत्सव तथा २५ औं साधारणसभाको शुक्रवार उदघाटन गर्दै उक्त सुझाव दिनुभएको हो ।

केन्द्रीय सदस्य जोशीले गुप्तेश्वर बहुमुखी क्याम्पसमा राजनीति भयो भनेर बाहिर अफवा फैलाउनेेहरूलेनै क्याम्पसलाई धरासायी बनाउन लागेको दावी गर्दै शैक्षिक प्रतिष्ठानको सर्वाङ्गिण हितका लागि त्यस्ता राजनीतिक आग्रह पुर्वाग्रह त्यागेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । नेता जोशीले क्याम्पसमा विद्यार्थी घट्नुको प्रमुख कारण शैक्षिक गुणस्तरको कमजोरी नभएर सामाजिक बसाईसराई र समुदायको दृष्ट्रिदोष भएको दावी गर्नुभयो । उहाँले गुप्तेश्वर बहुमुखी क्याम्पस प्रशासन र व्यवस्थापन समितिले क्याम्पसको गुणस्तर र प्रविधियुक्त शिक्षाका लागि एक भएर लाग्न सुझाव समेत दिनुभयो ।

क्याम्पसको संस्थापक अध्यक्ष समेत रहेका जोशीले आफू संस्थापकका नाताले पनि क्याम्पसको शैक्षिक भविस्यका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । नेता जोशीले क्याम्पसको दीगो विकासका लागि योजना र ईच्छाशक्ति आवस्यक रहेको दावी गर्दै त्यो योजना बनाएर संकल्पका साथ अघि बढ्न क्याम्पस प्रशासनलाई सुझाव दिनुभयो । नेता जोशीले गुप्तेश्वर बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस भएकोले समुदायको हातेमालो र एक्यवद्धता अझै बढि प्रभावकारी हुने उल्लेख गर्दै सामुदायिक साझेदारीको अभियान थाल्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल; नेकपा पर्वतका प्रतिनिधि गोविन्द पहाडी; कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने; रूकमाया जोशी स्मृति छात्रवृत्ति कोषका संरक्षक काशीकुमार जोशी; पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा; पव्लिक क्याम्पस संघ गण्डकी प्रदेशका संयोजक मथुराकुमार जोशी; वार्ड नं ४ का वडाअध्यक्ष मिना कर्माचार्य; क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष बलराम कर्माचार्य; गुप्तेश्वर बहुमुखी क्याम्पस प्रध्यापक संघका सभापति दीपेन्द्र न्यौपाने; नारायण माविका पूर्व प्राचार्य पृथ्वीनारायण शर्मा; चन्दादाता मानकुमारी गिरी; भूतपूर्व विद्यार्थी समाजका सचिव किशोर सुवेदी; स्वतन्त्र विद्यार्थी युनियनका कार्यबाहक सभापति ईश्वर भुसाल; अनेरास्ववियू गुप्तेश्वर बहुमुखी क्याम्पस ईकाईका अध्यक्ष मिलन अधिकारी; ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय कुश्माका संचालिका ब्रह्मकुमारी राधिका; नेवि संघ गुप्तेश्वर बहुमुखी क्याम्पस इकाईका सभापति शिशिर शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीले अध्यक्षको प्रतिवेदन र क्याम्पस प्रमुख सुवास पन्तद्वारा क्याम्पसको शैक्षिक; आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

गुप्तेश्वर बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख ओमकार गिरीले गर्नुभएको थियोभने स्वागत मन्तव्य क्याम्पस संचालक समितिका सदस्य परशुराम पुरीले गर्नुभएको थियो । २०४८ सालमा स्थापना भएको उक्त क्याम्पसमा मानविकी; व्यवस्थापन र शिक्षाशास्त्रमा गरि दुईसय ४८ विद्यार्थीहरू अध्ययनरत रहेको क्याम्पस प्रशासनले जानाकारी दिएको छ ।