माघ ४–पर्वत/जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले बिहिबार बिहान मालढुङ्गामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेका परिवारलाई तत्कालकालागि १५ हजार सहयोग उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
अध्यक्ष मल्ले गाउँपालिकाका तर्फबाट मृतकका परिवारलाई १५ हजार र गम्भीर घाईतेहरूको उपचारका लागि ५ हजार रूपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको जानाकारी दिनुभयो । ‘जलजला गाउँपालिकाभित्रका पीडित परिवारलाई सहानुभूति स्वरूप सानो सहयोग गर्ने निर्णय गरेका हौं–अध्यक्ष मल्लले भन्नुभयो । दुर्घटनामा जलजला गाउँपालिकाका मात्रै ४ जनाको मृत्यु भएको थियोभने एकदर्जन बढि घाईते भएका छन् ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले हिजै विज्ञप्ती प्रकाशन गरि घटनाप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ । अध्यक्ष मल्लले मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।






