मालढुङ्गामा भएको सवारी दुर्घटनाप्रति काँग्रेस नेता जोशी र जलजला गाउँपालिका अध्यक्ष मल्लद्वारा दुःख व्यक्त

माघ ४–पर्वत/कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा आज (बिहिबार) बिहान भएको सवारी दुर्घटनाप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले दुःख ब्यक्त गरेका छन् । जोशीले एक विज्ञप्ती प्रकाशित गरी बस दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलीका साथ चिरशान्तिको कामना गरेका छन् । साथै उनले दुर्घटनामा घाइते भएकाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । घाइते भएकाको उपचारमा कुनैपनि कसर बाँकी नराख्न सरकारसँग माग गर्दै जोशीले घटनाले आफुलाई स्तब्ध बनाएको बताएका छन् ।
यसैगरी जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पनि घटनाले स्तब्ध बनाएको भन्दै ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
आज बिहान ८ बजेको समयमा म्याग्दीको बेनीबाट नारायणगढतर्फ जादै गरेको ग१ख ६१०८ नम्बरको बस कुश्मा नगरपालिका वडा नम्बर १ स्थित मालढुंगामा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । घटनामा ३४ जना घाइते भएका छन् । तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो । चार जनाको उपचारका क्रममा धौलागिरि अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको हो । बसका सह चालक हाम फालेर बच्न सफल भएका थिए ।
घटना स्थलमा मृत्यु भएका
१.जिल्ला म्याग्दी पाखापानी २ वस्ने वर्ष २१ को राजेश पुन
२.नामथर वतन नखुलेको महिला ।
३.नामथर वतन नखुलेको पुरुष ।
धवलागिरी अंचल अस्पताल बागलुङमा उपचारको क्रममा मृतक
१.जिल्ला पर्वत जलजला गाउपालिका वडा न ८ वस्ने वर्ष ४० की सेती परियार
२.ऐऐ वस्ने वर्ष ५० को टिके परियार(सिन १ उल्लेखित महिलाको श्रीमान रहेको )
३.जिल्ला वाग्लुङ नगरपालिका वडा ४ वस्ने वर्ष ४८ की शान्ति के सी
४.नामथर वतन नखुलेको पुरुष
घाईतेहरु
१) जिल्ला कालिकोट महावल गापा ४ बस्ने बर्ष ५२ को राज बहादुर सिह ।
२) जिल्ला पर्वत जलजला गापा ८ बस्ने बर्ष १३ को बिक्रम रेग्मी ।
३) ऐ.ऐ. बस्ने बर्ष ३१ कि कमला रेग्मी ।
४) ऐ.ऐ. बस्ने बर्ष नखुलेको कुशल रेग्मी ।
५) जिल्ला कास्की पोखरा ३३ बस्ने बर्ष ४० कि लक्ष्मी बोहरा ।
६) ऐ.ऐ. बस्ने बर्ष ११ कि दिपिका बोहरा ।
७) जिल्ला म्याग्दी बेनी नपा ८ बस्ने बर्ष ६३ को लक्ष्मी प्रसाद बिक ।
८) जिल्ला कास्की अन्नपुर्ण गापा ४ बस्ने बर्ष २८ कि चन्द्रा आचार्य । ( पोखरा रिफर )
९) ऐ.ऐ. बस्ने बर्ष ३ को शंकर पौडेल ।( पोखरा रिफर )
१०) जिल्ला चितवन मुहान बस्ने बर्ष ९ कि प्रवेशिका पौडेल।
११) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ३९ की बिसमाया पुन ।
१२) जिल्ला म्याग्दी बेनपा ७ बस्ने बर्ष ६७ को टेकनाथ पौडेल ।(डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल
१३) जिल्ला पर्वत कुश्मा नपा ९ बस्ने बर्ष ३५ को रमेश पराजुली ।।( पोखरा रिफर )
१४) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ५२ को उद्बिर तिलिजा ।
१५) जिल्ला चितवन लङपुर बस्ने बर्ष ४५ को रोहीडी प्रसाद चापागाई ।
१६) जिल्ला म्याग्दी बेनी नपा ७ बस्ने बर्ष ६८ को टेक बहादुर पुन ।
१७) ऐ. ऐ. बस्ने बर्ष ६३ कि मन्दिरा पौडेल । डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल
१८) ऐ.ऐ.बस्ने वर्ष ५६ की हेमकला रेग्मी ।(पोखर रिफर )
१९) ऐ.ऐ. बस्ने बर्ष ६३ कि सुन्दरी पौडेल ।
२०) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष २२को कमल पौडेल ।
२१) ऐ.ऐ. बस्ने बर्ष नखूलेको बालकृष्ण पौडेल ।
२२) जिल्ला चितवन भमनपा ४ बस्ने बर्ष ५६ कि पुर्णकला बस्नेत ।
२३) जिल्ला पर्वत बस्ने बर्ष ४१ को राजन सापकोटा ।
२४) जिल्ला धादिङ बर्ष ५५ को मान बहुर गुरूङ ।
२५) जिल्ला पर्वत जलजला ८ बस्ने बर्ष २७ को देवीलाल नेपाली ।
२६) ऐ.ऐ. बस्ने बर्ष २७ को दिपक परियार ।
२७) ऐ.ऐ. बस्ने बर्ष ४२ को कृष्ण पौडेल ।
२८) ऐ.ऐ. ५ बस्ने बर्ष ३५ कि तुलसी सुवेदी ।
२९) जिल्ला बागलुङ जैमिनी नपा ४ बस्ने बर्ष १६ को अमिर क्षेत्री ।
३०) जिल्ला चितवन बस्ने बर्ष नखुलेको लक्ष्मी पौडेल ।