बालाचतुर्दशीमा सेतीवेणी, पञ्चासे, गुप्तेश्वर र अलपेश्वरमा सत्बीज छर्नेको भीड

मंसीर २०,पर्वत/बालाचतुर्दशीमा पर्वत जिल्लाका विभिन्न धार्मिक तीर्थस्थलहरुमा सत्वीज छर्ने भक्तालुहरुको घुईचो लागेको छ ।
सदरमुकाम कुश्माबजार स्थित गुप्तेश्वर गुफा र कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा विशेष मेला लागेको छ । बालाचतुर्दशीकै अवसरमा दक्षिण पर्वतमा रहेको विश्वकै ठुलो शालिग्राम शिला, पर्वत, कास्की र स्याङजाको सिमानामा रहेको पञ्चासे, डहरे देउराली लगायतका स्थानमा पनि बिहानै देखि सत्बीज छर्नेको घुँइचो लागेको छ ।

पञ्चासेमा यस बर्ष सत्बीज छर्नेको भीड नै लागेको छ । पर्वत, कास्की, स्याङ्गजा, बागलुङ्ग लगायतका क्षेत्रबाट हजारौ श्रद्धालुहरु पञ्चासे आएको पञ्चासे क्षेत्र बिकास समितिका अध्यक्ष गोपाल गुरुङ्गले जानकारी दिनुभयो । मुलुकमै सबैभन्दा लामो क्षेत्रमा सत्बीज छर्ने स्थान पञ्चासे हो । यहाँ निरन्तर डेढ घण्टाको पैदल दुरीमा पञ्चकोशी ताल देखि सिद्धबाब मन्दिर सम्म सत्बीज छरिदै आएको छ।

त्यस्तै अलपेश्वर गुफामा गुफा संरक्षण समितिको आयोजनामा मेला लागेको छ । मेलामा भजन कृतन तथा नाचगान भैरहेको छ । शिव मन्दिरहरुमा हरेक वर्षको बालाचतुर्दशी, शिवरात्री, रामनवमी, साउन महिनाभर पुजाआजा हुने गरेको छ ।