पर्वत/नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न तयारी थालेको छ । पार्टीको विहिवार बसेको जिल्ला कार्यसमिति बैठकले सम्मेलनलाई ऐतिहासिक रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छभने सम्मेलन माघको पहिलो हप्ताभित्र सम्पन्न गर्नेगरि तयारी थालिएको काँग्रेस सचिवालयले जानकारी दिएको छ ।
विहिवार पार्टी सभापति युवराज जोशीको सभापतित्वमा बसेको जिल्ला कार्यसमिति बैठकले सभापति युवराज जोशी संयोजक रहेको कार्यक्रम व्यवस्थापन उपसमिति, डाक्टर चूडामणि शर्माको संयोजकत्वमा गेट व्यवस्थापन उपसमिति, उपसभापति शिवप्रसाद सुवेदीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सचिव अशोक उच्चै ठकुरीको संयोजकत्वमा झाँकी व्यवस्थापन उपसमिति, सचिव गुप्तनिधि शर्माको संयोजकत्वमा प्रतिवेदन तयारी उपसमिति, कोषाध्यक्ष हेम शर्मा पौडेलको संयोजकत्वमा आर्थिक संकलन उपसमिति, सहसचिव तिलकप्रसाद भुषालको संयोजकत्वमा नाम दर्ता तथा सामग्री वितरण उपसमिति, सदस्य लक्ष्मीकुमारी मेघासीको संयोजकत्वमा अतिथि स्वागत सत्कार उपसमिति, सदस्य ओम गिरीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, सदस्य सोमबहादुर पुनको संयोजकत्वमा स्वागत गान तयारी समिति, सदस्य ओमप्रसाद शर्मा घायलको संयोजकत्वमा प्रमाणपत्र तयारी उपसमिति, सदस्य सरस्वती शर्मा जिज्ञाशुको संयोजकत्वमा व्याच वितरण उपसमिति, नेवि संघ अध्यक्ष अजय पोखरेलको संयोजकत्वमा तोरण व्यवस्थापन उपसमिति, नेपाल तरुण दलका कार्यावाहक अध्यक्ष भाष्कर जोशीको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति र नेपाल प्रेस युनियनका अध्यक्ष उत्तमप्रसाद अधिकारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको पार्टी सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो ।
साथै सोही वैठकले पार्टीको क्रियाशील सदस्यता नविकरणलाई व्यवस्थित र प्रभावकारी रुपले अघि बढाउन वडा तहबाट थप समय माग भएको भन्दै क्रियाशील नविकरण गरि जिल्ला पठाउनुपर्ने अन्तिम म्याद माघ २६ गतेलाई निर्धारण गरेको छ । बैठकले माघ १५ गतेसम्म वडामा, माघ १६ गते गाउँ तथा नगरमा, माघ २१ गते प्रदेशतहमा र माघ २६ गतेसम्म जिल्लामा बुझाइसक्नुपर्ने भनि परिपत्र गर्ने निर्णय समेत गरेको छ । त्यसैगरि नेपाली काँग्रेस पर्वतले पार्टी संगठनलाई चुस्त बनाउन सल्लाहकार समिति देखि महाधिवेशन प्रतिनिधिहरु, प्रदेश सभापतिहरुदेखि जनप्रतिनिधिहरु र पालिका सभापतिहरुसँगको छलफल र संवादलाई समेत निरन्तरता दिएको छ । साथै सम्मेलनको थप तयारीका लागि यही पुष २८ गते भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख सहित जिल्ला कार्यसमितिको बैठक पुन बस्ने काँग्रेसले जनाएको छ ।






