पर्वत/नेकपा एमाले पर्वतले जिल्ला अधिवेशन गर्ने भएको छ । अधिवेशन तयारीको लागि एमालेले आगामी माघ ३ गते जिल्ला कमिटि वैठकको आब्हान गरेको छ । पाटी केन्द्रिय सचिव गोर्कण विष्टको उपस्थितीमा आयोजना गरेको उक्त वैठकले आगामी जिल्ला अधिवेशनको मिति तय गर्ने एमाले श्रोतको भनाई छ । एमालेको प्रदेश कमिटि वैठकले आगामी चैत मसान्त भित्रमा जिल्ला कमिटिहरु गठन गर्ने निर्णय गरेसंगै प्रदेशका जिल्ला कमिटिहरुले जिल्ला अधिवेशनको मिति तय गरेका छन् । जिल्ला कमिटि पर्वतले पनि आगामी अधिवेशनको मिति तय गर्नेछ ।
वर्तमान कार्य समितिको म्याद अझै १ बर्ष रहे पनि एमालेले संगठन सुढिकरण अभियान अन्तर्गत कमिटिहरु ठूला र भद्दा भएको भन्दै कमिटिको आकार घटाउनका लागि अधिवेशनहरु गर्ने निर्णय गरेको हो ।






