नेष्डो समृद्ध लघुवित्तको चौंथो साधारणसभा सम्पन्न: शेयरधनिलाई १५ प्रतिशत नगद लाभांश पारित

पर्वत/नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो वार्षिक साधारण सभा शुक्रवार कुश्मामा सम्पन्न भएको छ । साधारण सभाले १५ प्रतिशत नगद लाभांश पारित गरेको छ । यश भन्दा पहिले संस्थाले ७३ दशमलव ६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा नेपाल राष्ट्र वैंकले १७ दशमलव ९३४२ प्रतिशत मात्र लाभांश स्वीकृति गरेको थियो । साधारण सभाले सो लाभांश संशोधन गरेर १५ प्रतिशत वनाएको हो ।

साधारण सभाले सञ्चालक समितिको तर्फवाट तत्काालिन प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ । यसैगरी संस्थाको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन लगायतका वित्तिय विवरणहरुलाई संशोधन सहित पारित गरेको छ । सभाले संस्थाको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण गर्नका लागि सिविवि एण्ड एशोसिएट्रसलाई चयन गरि ४ लाख रुपैया पारिश्रमिक तोकेको छ । सभाले अन्य संस्थासंग गाभ्ने गाभिने मर्जर तथा प्राप्तिको ढोका खुल्ला राख्ने भन्दै सम्पुर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । यसैगरी संस्थाको पुँजि वृद्धिका लागि १ अनुपातमा दुई अग्राधिकार शेयर जारी गर्ने निर्णय समेत गरेको छ ।

साधारण सभा संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेको अध्यक्षता, संचालक रत्न प्रसाद अधिकारीको स्वागत, वित्त अधिकृत अनिता सोतिको प्रतिज्ञा एवम् सहायक प्रवन्धक सुस्मा प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।