नेपाल निजामती कर्मचारी युनियनको आठौ जिल्ला अधिवेशन कुश्मामा शुरू

पर्वत/‘राष्ट्रियता, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मुल नाराका साथ नेपाल निजामती कर्मचारी युनियन पर्वतको आठौँ जिल्ला अधिवेशन कुश्मामा शुरू भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले मुस्कान सहितको सेवा प्रवाहमा लाग्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले कर्मचारीहरु जहिले पनि सेबाग्राहीप्रति जिम्मेवार र उतरदायी बन्नु पर्ने बताउदै नमुना काम गर्न जिल्लामा युनियन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले कर्मचारी युनियनको पक्षमा सिगो पार्टी रहेको बताउदै निर्धक्क भएर जनताका काम गर्न आग्रह गर्नु भएको थियोे । नेता जोशीले राष्टियता, प्रजातन्त्र, तटस्थता, निष्पक्षता र कर्मचारी एकता निजामती कर्मचारी युनियनको मुल मन्त्र रहेको भन्दै यसकै आधारमा सवै कर्मचारीहरु अघि बढ्नुपर्ने धारण राख्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिए उपध्याक्ष एवम् गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, कुश्मा नगरपालिकाकी उपप्रमुख एवम् नेपाली काँग्रेस गण्डकी प्रदेशकी सदस्य सिता काफ्ले लामिछाने, नेपाली काँग्रेस पर्वतका निवर्तमान पार्टी सभापति खिमप्रसाद भुषाल, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिँह गुरुङ, नेपाल सरकारका उपसचिव चण्डीका पौडेल, नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका पुर्व अध्यक्ष देवीप्रसाद विलासी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी,नेपाल टेड्र युनियन काँग्रेस पर्वतका अध्यक्ष एवम् प्रदेश प्रतिनिधी सुरेन्द्र केसी, नेपाल निजामती कर्मचारी युनियन संगठन पर्वतका अध्यक्ष तेजप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यामप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपध्यक्ष लिला गौत्तम र कार्यक्रमको संचालन सचिव अर्जुन चपागाईले गर्नुभएको थियो । अधिवेशनले आज नै नयाँ कार्य समिति चयन गर्ने छ । नयाँ कार्य समितिका लागि छलफल जारी रहेको निर्वाचन अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो ।