पर्वत/नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको सभापतिमा हरिनारायण रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । संघको दोस्रो अधिवेशनले रेग्मीलाई सभापतिमा चयन गरेको हो । समितिको महिला उपाध्यक्ष माया के.सी अधिकारी र अर्को उपाध्यक्षमा नारयण केसी निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा लेखनाथ रेग्मी, अर्थ सचिवमा लक्ष्मी प्रसाद आचार्य, सहसचिवमा शिवप्रसाद आचार्य, महिला सहसचिवमा सविता वरुवाल, अर्थ सहसचिवमा तारा महत, समावेशी सह सचिवमा इन्द्रवहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
त्यस्तै वडा स्तरिय सदस्यहरुमा वडा नम्वर १ बाट नन्दवहादुर खत्री, २ बाट रेश्मा जि.सी, ३ बाट मेखवहादुर भण्डारी, ४ बाट संगिता सुवेदी, ५ बाट योगेन्द्र प्रसाद सुवेदी, ६ बाट प्रकाश सापकोटा, ७ बाट डिल्लराम आचार्य, ८ बाट गजेन्द्रवहादुर रेग्मी र ९ वाट एकवहादुर फकामी निर्वाचित हुनुभएको छ । संघको ३ महिला सदस्य सहित ७ सदस्यमा विनोद पौडेल, दुर्गादत्त रेग्मी, गुमानसिंह जि.सी, तिला शर्मा खत्री, राधिका पौडल, ससविना पौडेल, सिमा नेपाली निर्वाचित हुनुभएको छ ।
यसअघि कार्यक्रमको उदघाटन गर्दै नेपाली कांग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले समाज रुपान्तरणमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको थियो । नेता मल्लले शिक्षकको मुख्य काम भनेकै विद्यार्थीको क्षमता अभिबृदि गर्ने भएकाले आफ्नो जिम्मेवारी कुसलता साथ पुरा गर्न आग्रह समेत गनुभयो । उहाँले जलजला गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै उल्लेखनिय काम गरेको बताउँदै शिक्षकहरुको समस्या समाधानमा लागि पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव गुप्तनिधि शर्मा, जलजलाका सभापति ईन्दुप्रकाश पौडेल लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।






