अमृत जोशी स्मृति प्रतिष्ठानद्वारा पर्वत अस्पतालका बिरामीलाई फलफूल बितरण

पर्वत/पर्वत जिल्लाका सामजिक एवम् राजनीतिक क्षेत्रका अगुवा स्वर्गीय अमृतप्रसाद जोशीको १५ औँ स्मृति दिवसको पूर्वसन्ध्यामा पर्वत जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । अमृतप्रसाद जोशी स्मृति प्रतिष्ठान नेपालले जिल्ला अस्पताल पर्वतमा उपचाररत १३ जना बिरामीहरुलाई फलफुल वितरण गरेको हो ।

स्वास्थ्य लाभको कामना सहित बिरामीहरुलाई फलफुल, दुध र हर्लेक्स वितरण गरिएको प्रतिष्ठानका सल्लाहकार एवम् फलफुल वितरण कार्यक्रमका संयोजक कमलनाथ शर्माले जानकारी दिनुभयो । फलफुल वितरण तथा जिल्लाका उच्च पदस्थ व्यक्तिको भेटघाटवाट अस्पतालका विरामीहरुको आत्मविश्वास बढाउन प्रेरण मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

फलफुल वितरण कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवम् संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशी, नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, नेपाली काँग्रेसका सभापति युवराज जोशी लगायत विभिन्न राजनितिज्ञ, सामजिक, बौद्धिक एवम् जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
अमृतप्रसाद जोशी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गंगाधर तिवारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव माधव पौडेलले गर्नुभएको थियो ।

प्रतिष्ठानले शुक्रवार स्मृती दिवस सँगै सम्मान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्नका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली आउने कार्यक्रमतय भएको प्रतिष्ठानले जनाएको छ । स्मृति दिवसमा पर्वत जिल्लामा लामो समयदेखि पत्रकारिता संगै सामाजिक कार्यमा योगदान गर्दै आएका क्रियाशिल पत्रकार भोलानाथ शर्मा र ओमप्रसाद घायलसँगै प्रतिष्ठान गठन गर्दा महत्वपूर्ण भूमिका खेलेका तत्कालिन शिवालय गाविसमा ६ वटा बन उपभोक्ता समितिलाई सम्मान र दोसल्ला ओढाएर अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । पर्वत जिल्लाको राजनीतिक तथा सामाजिक क्षेत्रका नक्षेत्र स्वर्गीय अमृतप्रसाद जोशीे २०६४ साल पुष २३ गते निधन भएको थियो । पर्वत जिल्लामा सबैले सम्मानसाथ स्मरण गर्ने स्वर्गिय जोशीको सामजिक सँगै राजनितिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ ।