पर्वत/प्रशासन कार्यालय पर्वतले पर्वतलाई पूर्ण रुपमा लकडाउन गर्ने तयारी गरेको छ । जिल्ला विपत ब्यवस्थापन समितिको वैठक केहि बेरमा वस्दैछ । वैठकले कर्फ्यू सहित लकडाउन गर्ने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिईन ।
नेपाललका अनुसार विपद् ब्यवस्थापन समितिको वैठकले आज दिउँसो देखि सवै सवारी साधन चल्नमा रोक लागाउने र भोली देखि बजार सहित सवै सेवाहरु बन्द गरेर जिल्लालाई सुरक्षित गर्ने विषयमा छलफल हुने प्रजिअ नेपालको भनाई छ ।






