विश्वकै दोश्रो अग्लो बञ्जीमा शनिबार मात्रै एकसय २२ जना सुरक्षाकर्मीले हाम फाले

पर्वत/विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्मामा संचालित बन्जी जम्पको सफल परिक्षण गरिए संगै बन्जी गर्नेहरुको पनि भिड लाग्न थालेको छ । शनिबार एकसय २२ जना प्रहरीले एकै पटक बन्जी गरेका छन् । नेपाल पुलिसका असई पोष्टमा रहेका १ सय २२ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेको बञ्जी संचालक युवराज जोशीले जानकारी दिनुभयो । संचालक जोशीका अनुसार सबै असई पोष्टका रहेका छन् भने उनिहरु देशभरीबाट छनोटमा परी आएका हुन् ।

युवा ब्यवसायी राजु कार्कीको अगुवाईमा कुश्माका स्थानीय युवाहरु सहित करिव २० करोड लगानीमा बन्जी सहित साहसिक पर्यटन शुरु भएको हो । यो बन्जी विश्वकै दोस्रो अग्लो बन्जीको रुपमा दाबि समेत गरीएको छ । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट झण्डै साढे २ सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेछ ।

उक्त बन्जीमा कार्की र पर्वतका युवा व्यवसायिहरु समेतगरि ११ जनाको लगानी रहेको छ । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन् । बन्जीको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष एवं मुख्य लगानीकर्ता राजु कार्कीले यहि माघ १६ गते बिहिबार बिहान १० बजेर ५ मिनेट जाँदा कालीगण्डकी माथीको साढे दुई सय मिटर माथिबाट डोरीमा हाम फाली परिक्षण गरे सगै बन्जी गर्नेहरु नियमित सम्पर्कमा आईरहेका छन् । बन्जीमा कार्कीसहित कुश्माका युवराज जोशी, नेत्र पराजुली, नवराज पौडेल, राजन जोशी लगायतको लगानी छ । लगानीकर्ताहरुले करिव १५ करोडको अनुमान गरेर बन्जी निर्माण शुरु गरेका थिए ।