पर्वत/कृषि ज्ञान केन्द्र पर्वतले आर्थिक वर्ष ७७/ ०७८ मा संचालित कार्यक्रम र वजेट सार्वाजनिक गरेको छ । पर्वत जिल्लाका सरकारी कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र पर्वत आर्थिक वर्ष को अन्त्यमा वजेट कार्यक्रम र प्रगति सार्वाजनिक गर्ने पहिलो कार्यालय रहेको छ । कार्यालय ले वित्तिय प्रगति ८९ दशमलव ७ प्रतिशत...
पर्वत/नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।
जन्म थलो पर्वत भएका गुरुङले उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानालाई पछि पारेका थिए ।सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उपसभापति रहेका थिए ।
नेपाली कांग्रेसको महासमिति सदस्य समेत...
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका संयोजक अर्जुनप्रसाद जोशीले पर्वत काँग्रेसको एकता र सांगठानिक सुदृढीकरणका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको वताउनु भएको छ । काँग्रेस नेता जोशीले पूर्व प्रधानमन्त्री एबम् नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गिय गिरिजाप्रसाद कोईरालाको ९८ औ जन्मजयन्ती मनाउने क्रममा शुक्रबार...
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको घरदैलोमा पुगेर सेवा दिन निर्देशन दिनुभएको छ । स्थानीय तह समन्वय विभाग केन्द्रीय कार्यसमितिको जुम मिटिङलाई मंगलबार सम्वोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहका पार्टीसम्बद्ध जनप्रतिनिधिलाई उक्त निर्देशन दिनुभएको हो ।
सभापति देउवाले पछिल्लो समय नेपाली जनताहरू कोरोना महामारी...
पर्वत/कुश्मा नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कुश्मा नगरपालिकाको सम्पन्न सातौँ नगरसभाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु ७५ करोड २९ लाख रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो ।
विनीयोजित रकम मध्ये प्रशासनिक खर्च तर्फ रु १५ करोड बिनीयोजन गरिएको छ । बजेट...
पर्वत/जलजला गाउँपालिकाको आगामी बजेट, नीति तथा कार्यक्रमले महामारी र विपत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । वुधवार सम्पन्न दशौं गाउँ सभामा आगामी आर्थिक वर्ष ०७८/७९का लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवन रक्षाको लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । गाउँपालिकाले प्रस्तुत गरेको ...
काठमाडौं/नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ...
पर्वत/जलजला गाउँपालिकाले बर्खा याममा पनि नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो ।
पछिल्लो...
पर्वत/यसै साता परेको अविरल वर्षाका कारण गएको पहिरोले जलजला गाउँपालिकाका विभिन्न स्थानमा पुर्याएको क्षतिको मूल्यांकन गर्न गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) सहितको टोलीले पहिरोग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । लगातारको बर्षाले जलजला गाउँपालिकाको वडा न ७ धाइरिङमा सबैभन्दा बढी क्षति पुर्याएको र अन्य विभिन्न वडाहरूमा झण्डै एकसय...
बागलुङ/नेपाली कांग्रेसका युवा नेता नेवि संघ पुर्ब केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले आइतबार बरेङ गाउँपालिकाको कोभिड अस्पताल र पालिका भित्रका बिभिन्न स्वास्थ्य चौकिहरुलाइ करिब ३ लाख मुल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
सो अबसरमा पालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल तरुणदल अध्यक्ष उमाकान्त शर्मा 'बाबु' , नेपाल...









