‘कालीभक्त कृष्णा’ समृति प्रतिष्ठानद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

53

पर्वत/फलेवास नगरपालिका ७ लिमिठानामा रहेको लिमीठाना माविमा खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । पर्वत जिल्लाका अग्रणी समाजसेबी तथा राजनीतिज्ञ कालीभक्त पन्त र उहाँका पत्नी कृष्णा पन्तको स्मृतीमा स्थापना भएको ‘कालीभक्त कृष्णा पन्त’ समृति प्रतिष्ठानको तर्फबाट उक्त खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । सामाग्री खरिदका लागि पन्तका छोरी प्राध्यापक डा. गज्जवकुमारी पन्त तथा ज्वाई प्राध्यापक डा. पार्थिवेश्वरप्रसाद तिमिल्सीनाले सहयोग गर्नुभएको थियो । तीस हजार रुपैयाँका खेलकूद सामाग्री पन्त स्मृति प्रतिष्ठानका सदस्य सुवास पन्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र पाण्डे, विद्यालयका प्रधानाध्यापक यामनाथ शर्मा, वडाध्यक्ष केशर पन्तलाई हस्तान्तरण गर्नुभएको हो ।

उउक्त कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिष्ठानका सदस्य सुवास पन्तले आगामी दिनमा पनि यस्तै सामाजिक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र पाण्डे, वडाध्यक्ष केशर पन्त, प्रधानाध्यापक यामनाथ शर्माले कालिभक्त पन्त र उहाँको परिवारको समाजसेवाको बारेमा बोल्नुभएको थियो । सामाजिक सेवामा समर्पित पन्त र उहाँको परिवारसंग विद्यालय आभारी भएको बक्ताहरुले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक यामनाथ शर्माले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत शिक्षक विजय पौडेलले गर्नुभएको थियो ।