पर्वत/फलेवास नगरपालिकाभित्रका सबै ग्रामिण सडक दसैंअगावै सहज सञ्चालनमा आउनेभएका छन् । मंगलबार नगरपालिकामा आयोजित वडा सचिव तथा प्राविधिक सहायक कर्मचारीहरुका लागि फलेवास नगरपालिकाको राजस्व शाखाले आयोजना गरेको एक दिने अन्तरकृया तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले दसैंमा टिका लगाउने गाउँ आउने जोसुकै नगरबासीले गाडीको सुविधाबिना...
पर्वत/नेपाली काँग्रेस पर्वतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित जनतासंग नेपाली काँग्रेस अभियानको आजदेखि औपचारिक रुपमा शुभारम्भ गरेको छ । एक समारोहका बिचमा आज अभियानको शुभारम्भ गरिएको हो । नेपाली काँग्रेसको पार्टी कार्यालल वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्ने नेताहरुले अभियानलाई प्रभावकारी बनाउनुपर्ने र...
पर्वत/अदालतबाट फैसला भई दोषी पाइएका एक ब्यक्ति १९ महिनापछि समातिएका छन् । प्रहरीलेबाट पक्राउ गरेका जलजला गाउँपालिका वडा नम्बर ४ का शर्भलाल दमाईलाई आज –आइतबार) पर्वत जिल्ला अदालतमा पेश गरेको हो ।
पर्बत जिल्ला अदालतबाट ७ माघ २०७७ मा फैसला भएबमोजिम उनी बालयौन दुरुपयोगसम्बन्धि मुद्दामा दोषी ठहरिएका थिए । त्यसपछि...
पर्वत/नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको सिफारिस गर्न मापदण्डसहित मातहत कार्य समितिहरुलाई निर्देशन पठाएको छ । महामन्त्री गगन थापाले हस्ताक्षर गरेर पठाएको निर्देशनमा कम्तिमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्न भनिएको छ ।
सिफारिस गर्ने बैठकमा...
पर्वत/जलजला गाउँपालिका वडा न ७ धाइरिङमा आज विहान विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर जाँदा १ जनाको मृत्यु भएको छभने अन्य चारजना घाइते भएका छन् । धाइरिङको धारापानी भन्ने गाउँमा विद्युत लाइनमा आएको समस्याका कारण बस्तीभरीका झण्डै २ दर्जन बढि घरहरुका मिटर बक्समा आगलागी भएको घटनास्थल पुगेका जलजला गाउँपालिकाका...
पर्वत/नारायण रायमाझीले निर्देशन गरेको फिल्म 'परदेशी २' को 'के बर मागी फर्केऊ भन' बोलको गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। रामभक्त जोजिजुले गाएको गीत 'के बर मागी फर्केऊ भन'लाई रिमेक गरिएको छ। यसको रिमेक भर्सनमा निशान भट्टराईको स्वर रहेको छ ।...
पर्वत/एउटा जोडी जसले सधैँभरी एक हुने कसम खाएको हुन्छ। एक अर्कामा सधैँभर साथ दिने कसम खाएको भए पनि कुनै दिन उनीहरुको एकै खोलीको दुई किनार बन्ने बाध्यतामा पुग्छन्। तीजको बेलामा माइत आएकी उनी र प्रेमीकोबिचमा भेट हुन्छ। ढल्के बरको छायाँमा बसेर उनीहरुले बिगतलाई सम्झिन्छन्। डुलेको, हाँसेको, रमाएको, प्रेममा रहँदा...
पर्वत/दक्षिणी क्षेत्रका अधिकांश क्षेत्रहरू जोड्ने गरी कुश्मा नगरपालिका–८ चुवा स्थित मोदी खोलामा रहेको मोटरेवल पुलको मर्मत कार्य सुरु भएको छ । पर्वत जिल्लाको राजनीतिक एवं सामजिक व्यक्तित्व स्वर्गिय अमृतप्रसाद जोशीको स्मृतिमा स्थापना भएको अमृत जोशी स्मृति प्रतिष्ठानले मोटरेवल पुलको मर्मत कार्य थालेको हो । पुलमा गुडिरहेको अवस्थामा सवारीका टायर...
पर्वत/फलेवास नगरपालिका ७ लिमिठानामा रहेको लिमीठाना माविमा खेलकुदका सामाग्री हस्तान्तरण गरिएको छ । पर्वत जिल्लाका अग्रणी समाजसेबी तथा राजनीतिज्ञ कालीभक्त पन्त र उहाँका पत्नी कृष्णा पन्तको स्मृतीमा स्थापना भएको 'कालीभक्त कृष्णा पन्त' समृति प्रतिष्ठानको तर्फबाट उक्त खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । सामाग्री खरिदका लागि पन्तका छोरी प्राध्यापक...
पर्वत/जलजला गाउँपालिकाले कालीगण्डकी नदी किनारको आसपासमा राखिएका उत्खननमा प्रयोग हुने मेसिन तथा औजारहरू हटाउन निर्देशन दिएको छ । गाउँपालिकाभित्र नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्ने उद्देश्यले कालीगण्डकी नदी नजिक राखिएका मेसिनरी औजारहरू एक्स्काभेटर, जेसीबी, ट्रिपर, ट्राक्टर लगायतका उपकरणहरूलाई सूचना प्रकाशन गरेको तीन दिनभित्रमा नदी आसपासबाट हटाउन निर्देशन दिइएको गाउँपालिकाका...








