पर्वत/छोराको विवाहमा लाग्ने खर्चवापतको केहि रकमबाट पर्वतका एक परिवारले मृगौला पिडितलाइ सहयोग गरेका छन्। कुश्मा नगरपालिका–६ बस्ने पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले छोरा शिशिर लामिछानेको विवाहमा लाग्ने खर्च कटाएर कुश्मा नगरपालिका १० बस्ने गोबिन्द लामिछानेको परिवारलाई सहयोग गरेका हुन ।
बुधबार बिवाहको दिनमा गोबिन्द लामिछानेको परिवारलाइ जनहि १५ हजार सहयोग हस्तान्तरण गरिएको हो । लामिछानेको दुवै मृगौला फेल भएर हाल बिर अस्पतालमा उपचार गराउदै आएका छन् ।“विवाहमा हुनेले खर्च गर्छ, नहुनेले ऋण काढेर भए पनि धुमधामका साथ खर्च गर्नुपर्ने स्थिति सिर्जना हुन थालेपछि छोराको विवाहको भोजभतेरमा लाग्ने खर्च कम गरेर मृगौला पिडितलाइ सहयोग गरिदिएका हौँ”, लामिछानेले भने । सो रकमले पिडितको घाउमा केहि सहयोग पुगोस् भन्ने उद्देश्य रहेको लामिछानेको परिवारले जनाएको छ ।
लामिछाने पर्वत उधोग बाणिज्य सघका पुर्व अध्यक्ष समेत हुन ।उनको परिवारले गरेको उदाहरणीय काय अरुका लागि पनि प्रेरणादायी बन्ने बिश्वास लिइएको छ ।







